free website hit counter

३० प्रतिशत आईपीओ निस्कासन प्रस्ताव पारित

beemaadmin
२०७६ मंसिर ६, शुक्रबार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्रस्तावित ३० प्रतिशत साधारण शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव कम्पनीको दोश्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको छ ।
सभाले पारित गरेबमोजिम कम्पनीले हालको जारी पुँजीको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशन गर्ने छ । हाल कम्पनीको अधिकृत पुँजी ३ अर्ब र जारी पुँजी २ अर्ब रुपैयाँ रहेको छ ।
२०७४ मंसिर २२ गतेदेखि जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको कम्पनीले हाल ६४ वटा शाखा र उपशाखा कार्यालयहरुबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ । बीमा बजारमा विभिन्न र नवीनतम बीमालेखहरुमार्फत् ग्राहकलाई सेवा दिइरहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार