free website hit counter

जीवनमा कहिल्यै नबिर्सिने क्षणः जीवन बीमा लिने प्रक्रियामै हुँदा बिमितको मृत्यु

beemaadmin
२०७८ कार्तिक १, सोमबार
  • वैजनाथ चाैधरी

एक दिन बिहान ८-९ बजे, सदाझैं अफिस जाने क्रममा मेरो मोबाइलको घन्टी बज्यो । गोजीबाट मोबाइल निकालेर रिसिभ गर्ने क्रममै फोन काटियो । मैले पुनः त्यस नम्बरमा कलब्याक गर्दा फोन व्यस्त भइ राख्यो । त्यसपछि म पनि मेरो गन्तव्य तिर लागे । दिउँसो फुर्दद भए पछि फेरी त्यस नम्बरमा फोन गर्दा एक जना संगिता शर्मा नाम गरेकी महिलाले उठाइन् । उक्त महिलाको स्वर सुन्दा निकै दुःखी तथा चिन्तित लाग्यो । उनको घरमा मेरो भिजिटिङ्ग कार्ड भएकोले उनले फोन गरेको बताइन् ।

दुइ वर्ष अगाडि उनको श्रीमान् सुमन शर्मासँग मेरो भेट मेरो एक जना बिमितको पसलमा जिवन बीमाको नविकरण शुल्कको रकम लिने क्रममा भएको थियो । उक्त भेटमा नै उहाँले पनि जिवन बीमा पालिसी लिन इच्छुक हुनुभएको थियो । त्यसको २-३ दिन पछि, उहाँले रु २५ लाखको १५ वर्ष अवधिका लागि सावधिक जिवन बीमा पालिसी गर्न तयार हुनुभयो । प्रस्ताव फारम पनि भरियो र त्यसमा चाहिने पीपी साइजको फोटो पनि टाँसें । जिवन बीमाका लागि आवश्यक पर्ने सबै कागजातको सक्कल प्रति मात्र भएकोले मैले मोबाइलबाट स्क्यान गरेँ । उक्त सावधिक जिवन बीमाको अर्ध वार्षिक बिमा शुल्क रु ८४९४०/- को चेक ४ दिन पछिको मितिको दिनुभयो । त्यस दिन चिया खाएर हामी छुट्टियौं ।

चौथो दिनसम्म स्क्यान कपि प्रिन्ट गरि आवश्यक पर्ने सबै कागजात तयार गरि सकेको थिएँ । त्यस दिन बिहान करिब ८ बजे शर्माजीले चेक दिइएको बैंक खातामा पैसा अपुग भएकोले चेक तथा फारम जम्मा नगर्न आग्रह गर्नुभयो । त्यसपछि उहाँले जहिले पनि कुनै न कुनै समस्या भन्दै आलटाल गर्दै जानुभयो । तैपनि, म शर्मासँग निरन्तर सम्पर्क थिएँ । सुमन शर्मा कि श्रीमती संगिताले रुँदै सुमनको कोभिड-१९ को कारणले १० दिनको अस्पताल बसाइपछि उहाँको मृत्यु भएसकेको भनेर सुनाइन् । सुमनले जिवन बीमा गरेको थियो कि भनेर सोध्नलाई फोन गरेको बताइन् ।

सुमनको जिवन बीमाको लागि सबै प्रक्रिया पुरा भएको तथा प्रथम बीमा शुल्क जम्मा नभएको कारणले जिवन बीमा भइनसकेको भनेर उनलाई मैंले जवाफ फर्काएँ । “जिवन बीमाको लागि ठिक पारेको पैसा श्रीमान् को एक जना साथीले मासिक सैकडा तीनले व्याज तिर्ने सर्तमा रु १ लाख लगेको र आजसम्म फिर्ता गरेको छैन । मलाई पैसाको ठूलो समस्या भयो, ऋणको किस्ता कसरी तिर्नु ? कसरी सबै खर्च जटाउनु ? नानी बाबुलाई कसरी हुर्काउनु ? म के गरुँ हजुर ? कसरी ….” उनको वाक्य पूरा नहुँदै फोन काटियो । सुमनको परिवारमा श्रीमती संगिता, बुवा-आमा, छ वर्ष र तीन वर्षकी दुइजना छोरी र ४ महिनाको एक जना छोरा सहितको सात जनाको परिवार थियो ।

परिवारको सम्पूर्ण जिम्मेवारी सुमनकै काँधमा थियो । नानीहरुको पढाइ खर्च, बुबाको औषधि खर्च, घर बनाउँदा बैंकसँग लिइएको ४० लाख ऋणको मासिक किस्ता तथा घर खर्च समेत सुमनले राम्रैसँग आफ्नो व्यवसायबाटै धान्दै आइरहेको थियो । सुमन पेशाले सिकर्मी थियो । त्यसैले उसले आफ्नो घर पछाडि फर्निचरको सानो कारखाना पनि बनाएका थिए । त्यही कारखानामा ५-६ जना मजदुरलाई रोजगारी समेत दिएको थियो । अब सुमन यो धर्तीमा नभएको अवस्थामा कारखाना पनि बन्द हुने निश्चित नै छ । यदि सुमन तथा उनका परिवारले जिवन बीमालाई महत्व दिइ समयमै जिवन बीमा गरेको भए सायद परिवारले यस्तो दिन देख्नु पर्दैन थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार