free website hit counter

लघु बीमालाई लाइसेन्स दिने तयारीमा बीमा समिति

beemaadmin
२०७८ कार्तिक ११, बिहीबार

काठमाडौं । नेपालमा बीमा व्यवसायको अपार सम्भावना भए पनि अझै शहर केन्द्रीत बीमा व्यवसाय दूरदराजमा पुग्न सकेका छैनन् । यही बेला बीमा समितिले लघु बीमाको लाइसेन्स खोल्ने तयारी गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माको निर्देशनपछि लघु बीमाको लाइसेन्स खोल्ने तयारीमा नियामक निकाय पुगेको हो । अर्थमन्त्री शर्माले बीमा समितिका अध्यक्ष तथा उच्च अधिकारीलाई मन्त्रालयमै बोलाएर लघु बीमाको लाइसेन्स दिन निर्देशन दिएकापछि बीमा समिति प्रक्रियामा जुटेको बताइएको छ । अहिलेको बीमा ऐनले लघु बीमा कम्पनीको परिकल्पना भने गरेको छैन । तर, समितिले बीमा ऐन २०४९ (संशोधनसहित) को दफा ८ (घ२) अनुसार २०७६ सालमा लघु बीमा निर्देशिका भने जारी गरेको छ ।

सो दफामा ‘बीमा व्यवसायको सम्बन्धमा बिमकलाई समय–समयमा आवश्यक निर्देशन दिने’ बीमा समितिको काम, कर्तव्य र अधिकार हुने भनिएको छ । समितिले २०७६ सालमा जारी गरेको लघु बीमा निर्देशिका भने अहिले संचालनमा रहेका जीवन र निर्जीवन बीमा कम्पनीहरुले लघु बीमा गर्नको लागि हो । समितिले अहिले भने बेग्लै लघु बीमा कम्पनीको लाइसेन्स दिन खोजेको हो । यसका लागि समितिले आफ्नो संचालक समितिबाट निर्णय गर्नुपर्ने हुन्छ । बीमा समितिको संचालक समिति अहिले अपुरो छ ।

सम्बन्धित समाचार