free website hit counter

अख्तियारको फन्दामा कार्यालय प्रमुख

beemaadmin
२०७६ मंसिर ७, शनिबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिम जिल्ला अदालत मुसिकोटमा कार्यरत नासु रमेशकुमार खड्कालाई अदालतबाट भइसकेको फैलाको मुद्दामा मालापोत कार्यालयल रुकुमलाई जग्गा दाखिला खारेज दर्ता पूर्जा उपलब्ध नगराई १५ हजार घुस मागेको अभियोगमा केही दिनअघि पक्राउ गरिएकोमा शुक्रबार अनुसन्धानपछि विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ । त्यसैगरी अख्तियारको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत मालपोत अधिकृत रामबाबु मण्डललाई पाँच लाख घुस सहित पक्राउ गरेको छ । मण्डलले उच्च अदालत जनकपुर, राजविराज इजलासले सेवाग्राहीको नाममा कायम रहेको जग्गासम्बन्धी कागजात माग गर्ने क्रममा सेवाग्राहीबाट घुस माग गरी कागजात दिने सूचनाका आधारमा अख्तियारले उनलाई पक्राउ गरेको छ । त्यसैगरी अख्तियारले शिक्षा विकास निर्देशनालय प्रदेश नं. ५ रुपन्देही बुटवलमा कार्यरत सन्दिप पौडेल र जेसिभि चालक विक्रम बस्नेतले प्रभाकर माविको भवन निर्माणको अन्तिम किस्ता रकम उपलब्ध गराउन घुस मागेको आधारमा पक्राउ गरी अनुसन्धानपछि विशेष अदालतमा शुक्रबारै मुद्दा दायर भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार