free website hit counter

प्रिमियम भुक्तानी गर्दा आइफोन १२

beemaadmin
२०७८ कार्तिक १२, शुक्रबार

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क भुक्तानी इसेवाबाट गर्ने बीमितमध्येबाट पहिलो लक्की ड्रमार्फत विजेतालाई आइफोन १२ प्रदान गरिएको छ।
नेपाल लाइफको कार्यालयमा एक कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिएको हो । लक्की ड्रमार्फत छनोट भएका विराटनगरनिवासी विज्ञान दाहाललाई नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले उक्त आइफोन १२ प्रदान गरेका छन्।
नायब महाप्रबन्धक केयलले डिजिटल प्लाटफर्ममार्फत प्रिमियम भुक्तानी गर्दा समयको बचत र झन्झटबाट मुक्त हुनुका साथै इसेवाले ग्राहकलाई यस किसिमका उपहार प्रदान गर्दा डिजिटल पेमेन्टमा आकर्षण बढ्ने धारणा राखे।
आइफोन १२ प्राप्त गरेपछि विज्ञान दाहालले १० वर्षअघि बीमा गरेको पोलिसीको प्रिमियम समय र सहजतालाई ध्यान दिई इसेवाबाट भुक्तानी गर्दा लक्की ड्रका बारेमा जानकारी नभएको बताए। तर जब इसेवाबाट ‘तपाइँ लक्की ड्रमार्फत छनौट हुनुभएको छ’ भनी फोन आउँदा सप्राइज भएको उनले सुनाए। ‘आजको दिनमा डिजिटल प्लाटफर्ममार्फतको भुक्तानीको विश्वासनीयता बढ्दै गएको छ भने यस्ता उपहार तथा पुरस्कारले अझ थप उत्साह थपेको छ’, उनले भने।
आफ्ना बीमितहरुलाई सरल र सहज सेवा प्रदान गर्न नेपाल लाइफले विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटहरुसँग बीमा शुल्क भुक्तानीको सम्झौता गरेको छ। जसले गर्दा कुनै पनि ठाउँबाट जुनसुकै समयमा बीमा शुल्क भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ।
नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवाका साथै खल्ती, कनेक्ट आईपीएस, फोन पे, आईएमई पे तथा प्रभु पेलगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ। ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकताअनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने कम्पनीले प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार