free website hit counter

राष्ट्रिय बीमा कम्पनी बलियो

beemaadmin
२०७६ मंसिर ८, आईतवार

नेपालमा बीमाको बजार विस्तार हुने क्रममा रहदा हाल नेप्सेमा सूचीकृत सञ्चालित १५ निर्जीबन बीमा कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा दुई अर्ब ९८ करोड ३२ लाख रुपियाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
नेप्सेमा सूचीकृत समग्र निर्जीबन बीमा कम्पनीले चालु आर्थिक बर्षको त्रैमासमा कमाएको खुद नाफा भने ७१ करोड ७५ लाखको हाराहारीमा रहेको छ ।

तथ्याङ्कको आधारमा निर्जीबन बीमा कम्पनीमध्ये खुद बीमा शुल्क आर्जन र खुद नाफामा शिखर इन्स्योरेन्सले ४५ करोड ८३ लाख खुद बीमा शुल्क आर्जन गरी १२ करोड १४ लाख रुपियाँ खुद नाफा कमाउँदै अग्रस्थानमा रहेका छ ।
निर्जीबन बीमा कम्पनीका लागि नियामक बीमा समितिको तोकेको एक अर्बको चुक्ता पुँजी पु¥याउन भने नेप्सेमा सूचीकृत १० बीमा कम्पनी सफल भएका छन भने पाँच कम्पनीले अझै पुँजी बृध्दि गर्नुपर्नेछ ।

चुक्ता पूँजी पुर्याउने निर्जीबन बीमा कम्पनीहरूमा शिखर इन्स्योरेन्स, हिमालयन जनरल, प्रिमियर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स रे सगरमाथा इन्स्योरेन्स रहेका छन भने चुक्ता पुँजी पु¥याउन बाँकी कम्पनीहरूमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजि इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स रहेका छन् ।

चुक्ता पुँजी नियामक सस्थाले तोकेको पु¥याउन नसकेको भए तापनि जगेडा र बीमा कोषमा भने राष्ट्रिय बीमा कम्पनी बलियो देखिएको छ । सो कम्पनीको बीमा कोषा एक अर्ब ७७ करोडको हाराहारीमा पुगेको छ भने जगेडा कोषमा दुई अर्ब ४९ करोड सञ्चिति रहेको छ ।

निर्जीबन बीमा कम्पनी मध्येमा कमजोर देखिएको युनाइटेड इन्स्योरेन्सको जगेडा कोषमा ६ करोड ६९ लाख रुपियाँ सञ्चित रहेको छ । प्रतिशेयर आम्दानीका हिसाबले शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४५ रुपियाँ ९२ पैसा रहेको छ भने सबैभन्दा कम प्रतिशेयर आम्दानी एभरेष्टको इन्स्योरेन्सको सात रुपियाँ ३६ पैसा रहेको छ ।

सेयर बजार मूल्यका आधारमा मूल्य आम्दानी अनुपात निकाल्दा भने राष्ट्रिय बीमा कम्पनीको बजार मूल्य उच्च रहेको कारण त्यस्तो अनुपात ८८.३१ गुणा बढी छ । चुक्त पुँजी २६ करोड ६६ लाखको नजिक मात्र रहेको यस कम्पनीेले बीमा समितिले तोकेको चुक्ता पुँजी पु¥याउन अझै पुँजीमा उच्च बृध्दि गर्नुपर्ने भएकोले पनि बजार भाउ उच्च देखिएको र त्यसले गर्दा मूल्य आम्दानी अनुपात पनि बढी भएको हो । त्यसैगरी सबैभन्दा कम मूल्य आम्दानी अनुपात नेपाल इन्स्योरेन्सको सबैभन्दा कम १३.१७ गुणा रहेको छ ।

नेप्सेमा सूचीकृत निर्जीबन बीमा कम्पनीहरूको चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको आर्थिक प्रगति तलको चार्टबाट पनि हेर्न सकिन्छ ।

तालिका नं. १

तालिका नं. २

 

सम्बन्धित समाचार