free website hit counter

श्रेष्ठलाई १ करोड धरौटीमा छाड्न आदेश

beemaadmin
२०७६ मंसिर ९, सोमबार

काठमाडौ । कर्जा अपचलन मुद्दामा समातिएका बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृ अजय श्रेष्ठलाई सर्वोच्च अदालतले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ। उनीसँगै पक्राउ परेका किरणकुमार बोहोरालाई पनि एक करोड धरौटीमा रिहा गर्न आदेश दिइएको हो ।
कर्जा अपचलन मुद्दामा पूर्वपक्षका लागि थुनामा रहेका श्रेष्ठलाई पाटन उच्च अदालतले थुनामा राख्न गरेको आदेश खारेज गर्दै सर्वोच्चले धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीशहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो। बिओकेको प्रमुख कार्यकारी अधिकृत हुँदा श्रेष्ठले नक्कली फाइलमा हस्ताक्षर गरेर ऋण दिएको आरोपमा उच्च अदालत पाटनले गत अशोज १० गते थुनामा पठाउने निर्णय गरेको थियो । उच्च अदालतको आदेशविरुद्ध श्रेष्ठ सर्वोच्च पुगेका थिए ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार