free website hit counter

कृषि तथा पशुपन्छी बीमा क्षति मुल्यांकनकर्ताको तालिम सम्पन्न

beemaadmin
२०७८ मंसिर २५, शनिबार

काठमाडौं । आफ्नो व्यवसायलाई चुस्त दुरुस्त बनाउने अभियानमा कुनै कसुर बाँकी नराखेको प्रभु इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बीमा क्षति मुल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम तोकिएको समय अगावै आफ्नो कार्य क्षेत्र तोकिएका सम्पूर्ण जिल्लाहरुमा तालिम सम्पन्न गरेको हो ।

कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम बीमा समितिका प्रतिनिधिको पर्यवेक्षण तथा प्रशिक्षणमा सञ्चालित तालिममा बिभिन्न कृषि तथा पशुपन्छी बिज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए । कम्पनीको कार्य क्षेत्र तोकिएका जिल्लाहरु मुस्ताङ, म्याग्दी, बागलुङ र स्याङजामध्ये कम्पनीले मुस्ताङ, म्याग्दी र बागलुङमा कार्तिक महिनामै तालिम सम्पन्न गरि सकेको थियो ।

कम्पनीले यही मंशिर २२ गते देखि २४ गतेसम्म स्याङजामा सञ्चालित तालिम समापन तथा प्रमाण–पत्र बितरण कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले बीमा समितिबाट जारी भएको निर्देशिका अनुसार तोकिएको समय अगावै तालिम सम्पन्न गर्न सकिएको र तालिमको कारण बीमा क्षेत्रमा दक्ष जनशक्ति बिकासमा सहयोग पुग्ने बाताउनु हुंदै कम्पनीले सञ्चालन गरेको तालिमबाट ५० जना भन्दा बढी क्षति मुल्यांकनकर्ता तयार भएकोले आगामी दिनमा कृषि तथा पशुपन्छी बीमाको क्षति मुल्यांकन तथा दावी भुक्तानीमा सहज हुने बताउनु भयो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार