free website hit counter

नेशनल लाइफले ल्यायो ‘जीवनश्री सावधिक अमृत बीमालेख’ योजना

beemaadmin
२०७८ पुष ३, शनिबार

काठमाडौं । नयाँ नयाँ बीमा योजनाका साथ बजारमा प्रस्तुत भएर जीवन बीमाको बजारमा आफ्नो अलग्गै पहिचान बनाउन सफल नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘जीवनश्री सावधिक अमृत बीमालेख’ नामक नयाँ सावधिक बीमा योजना ल्याएको छ । पोखरामा भएको कम्पनीको चेयर पर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले सो बीमालेख शुभारम्भ गरेकी हुन् ।
बीमा अवधि समाप्तिपछि ८० वर्ष उमेरसम्म बीमाङ्कको नौ प्रतिशतका दरले प्रत्येक वर्ष आयस्रोतको रूपमा उपलब्ध हुने यस बीमालेखबाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बीमाङ्क रकम र आर्जित बोनसले आफू र आफूमा आश्रित व्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने इन्स्योरेन्सले दाबी गरेको छ । कम्पनीका अनुसार सो बीमालेखबाट बीमितको अतिरिक्त आयस्रोत सुनिश्चित तथा बचत र सुरक्षा पनि उपलब्ध हुनेछ ।
आयस्रोत अनुसार ५० हजार रुपैयाँदेखि माथिसम्मको बीमा गर्न सकिने यस योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भएपनि परिवारजनलाई एकमुष्ट बीमाङ्क र बोनस प्राप्त हुने बताइएको छ । बीमालेखमा ऋण सुविधासमेत रहेकोले बीमितको तरलता व्यवस्थापनमा योगदान पुग्नेछ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार