free website hit counter

जीवन बीमक संघको दोस्रो साधारण सभा सम्पन्न

beemaadmin
२०७८ पुष ३, शनिबार

काठमाडौं । पेशागत हकहित, व्यवसाय वृद्धि, व्यवसायिक इमान्दारिता र सुरक्षाका लागि गठन भएको जीवन बीमक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बसेरा बुटिक होटल, काठमाडौंंमा सम्पन्न दोस्रो वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । सभामा २०७८–०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको बताइएको छ । संघमा आवद्ध जीवन बीमा कम्पनीहरुको वार्षिक सदस्यता शुल्कलाई २५ हजारबाट बृद्धि गरि १ लाख पुर्याउने प्रस्ताव समेत सभाबाट पारित भएको छ। सदस्यता शुल्क वृद्धि गरेर प्राप्त हुने रकमबाट जीवन बीमक संघको छबि निर्माण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य‌ रहेको संघका एक पदाधिकारीले जानकारी दिए।

सम्बन्धित समाचार