free website hit counter

यसकारण हुन्छ पाठेघरको समस्या, कसरी पत्ता लगाउने ?

beemaadmin
२०७८ पुष ३, शनिबार
  • दिपमाला कार्की

महिलाको स्वास्थ्य पुरुषको तुलनामा अलि बढी संवेदनशील हुन्छ । जसका कारण पुरुषमा भन्दा केही बढी स्वास्थ्य समस्या महिलामा देखिने गर्छ । यसमा पनि प्रजनन उमेर समूहका महिलालाई सामान्यदेखि जटिल स्वास्थ्य समस्याले सताई नै रहन्छ ।
महिलाहरुसँग जोडिएका थुप्रै स्वास्थ्य समस्याहरु मध्येको एक हो, पाठेघरको समस्या । विवाहित महिला हुन् या अविवाहित किशोर सबैमा पाठेघरको समस्या भएको पाइन्छ ।
समान्यतया ५० देखी ५५ वर्ष नाघेका महिलामा मात्रै पाठेघरको समस्या पैदा हुन्छ भन्ने हाम्रो प्रचलन छ । उनीहरुमा महिनावरी बन्द भएको कारणले यस्तो समस्या आउने गर्छ तर २० देखी ४० वर्षका महिलामा यस्तो समस्या आउनुका कारणहरु कब्जियत, ग्यास्ट्रिक, शारीरिक व्यायम नगर्नु, मोटोपन, धेरै कसिलो कपडा लगाउनु, धेरै औषधी प्रयोग गर्नु आदि रहेको छन् ।

पाठेघरको समस्या भएको कसरी पत्ता लगाउने ?
नेपालका महिलामा पाठेघरको मुखको क्यान्सर जटिल समस्याका रूपमा देखा परेको छ । यतिसम्म कि महिलामा देखिएको क्यान्सरमा सबैभन्दा बढी यसैको समस्या भएको पाइन्छ । उमेर नपुग्दै विवाह भएका, यौनसम्पर्क राखेका, धेरै पुरुषसँग शारीरिक सम्बन्ध राख्ने, धेरै सन्तान जन्माउने महिलामा यस्तो क्यान्सर हुन सक्छ ।
त्यस्तै, लगातार पेट दुखेमा, ग्यास भरिने तथा कब्जियत भएमा, कम्मरको दुखाई बढेमा, यौनाङ्ग चिलाउने र पोल्ने भएमा यौन सम्पर्क राख्दा पीडा भएमा बारम्बार पिसाव आएमा पखाला र बान्ता आएमा पाठेघरको समस्या हुने गर्छ ।
पाठेघरको समस्या पत्ता लगाउन गाह्रो छैन । चाडै नै पत्ता लगाउन सकिन्छ । जसका लागि पिसावको परिक्षण गर्ने, पाठेघरको मुखको पानिको जाचँ गर्ने, अल्ट्रासाउण्ड, सिटीस्क्यानको माध्यमबाट आइभीयू वा एक्सरे गराएर पता लगाउन सकिन्छ ।


यस्ता छन् रोकथामका उपाय
पाठेघरको मुखको क्यान्सरका रोकथामको लागि समय समयमा आईभिएफ परिक्षण गर्ने गर्नु पर्दछ । त्यस्तै, चिकित्सकको सल्लाह अनुरुप स्वास्थ्य परिक्षण गर्ने, सानो उमेरमा विवाह नगर्ने, धेरै सन्तान नजन्माउने र यौनसम्बन्ध सुरक्षित बनाउनुपर्छ । सकेसम्म एकजनासँग मात्र यौनसम्बन्ध कायम राख्दा उपयुक्त हुन्छ । समय–समयमा रगत परीक्षण गर्ने, आफ्नो यौनसाथीको स्वास्थ्यबारे जानकारी लिनेसमेत गर्नुपर्छ ।
त्यस्तै, शरीरको सरसफाइमा ध्यान दिनुपर्छ । खासगरी महिनावारीको समयमा संक्रमण हुन सक्ने सम्भावना बढी रहने हुँदा सरसफाइमा ध्यान दिन आवश्यक हुन्छ ।
पोषणयुक्त खानेकुरा सेवन गर्नुपर्छ । विवाहित महिलाले वर्षमा एकपटक पाठेघरको पानी जाँच गराउनुपर्छ । जसले गर्दा संक्रमण भएको पत्ता लाग्नुका साथै क्यान्सर हुनबाट बच्न पनि सकिन्छ । संक्रमणको लक्षण देखिएमा सकेसम्म छिटो चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ । यसको उपचार समयमा नहुँदा महिलाहरू क्यान्सरको सिकार हुन सक्छन्, त्यसैले समयमै सचेत हुन जरुरी छ ।
सन्तुलित भोजनमा फलपूल, हरियो सागपात प्रशस्त मात्रामा खाने र दैनिक ब्यायम पनि गर्नु पर्दछ । यसका साथै हेपाटाइटीस बी विरुद्धको खोप लगाउने र ह्युमन प्यापिलोमा भाइरस खोप लगाउनाले पनि पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिन्छ । त्यस्तै, गन्हाउने पानी बग्ने, महिनावारी अनियमित हुने, महिनावारी बन्द भइसकेको महिलाहरुमा पुनः रगत देखा पर्ने, यौन सम्पर्क पछि रगत देखा पर्ने जस्ता लक्षण देखा परेमा तुरुन्तै परीक्षण गर्न जरुरी हुन्छ ।

(लेखक कार्की, एभरेष्ट अस्पतालमा कार्यरत स्त्री रोग तथा निशन्तान विशेषज्ञ हुन्)
नोटः– स्त्री रोग तथा निशन्तानको समस्या भएका महिलाहरुले एभरेष्ट अस्पतालको कल सेन्टरको नम्बर ४४९१२९४।४७९३०२४ मा सम्पर्क गरेर आफ्नो नाम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार