free website hit counter

सिद्धार्थ इन्स्योरेन्सको शाखा न्यूरोडमा

beemaadmin
२०७६ मंसिर १०, मंगलवार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले काठमाडौंको न्यूरोडस्थित खिचापोखरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेल तथा कम्पनीका अध्यक्ष रतनलाल केडियाले संयुक्त रुपमा उद्घाटन गरे ।
उद्घाटन समारोहमा कार्यकारी निर्देशक पौडेलले कम्पनीको संस्थागत सुशासन अब्बल र अन्य सुचकाङ्कहरु समेत राम्रो रहेको बताउँदै, विस्तारित शाखाबाट बिमितलाई अझ प्रभावकारी सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे ।
कम्पनीका अध्यक्ष केडियाले स्तरिय बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले उत्कृष्ट बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।

सम्बन्धित समाचार