काठमाण्डौ । कुनै पनि कार्यालय त्यहाँ कार्यरत कर्मचारीको कार्यशैली र उत्साह अनुसरा सफल हुन्छ या असफल हुन्छ भन्ने थाहा हुन्छ । कर्मचारीलाई गरिने प्रोत्साहनले कुनै पनि कार्यालय सफल बन्न सक्छ । समाजको हरेक क्षेत्रमा काम गरिरहेका पेशाकर्मीहरुलाई आफू उक्त क्षेत्रको विशिष्ठ स्थानमा पुग्नका लागि लालायित हुनु स्वभाविकै हो । लोकसेवामा प्रवेश गर्नेहरुको मुख्यसचिव बन्ने लक्ष्य हुनु राजनीति गर्नेहरूको प्रधानमन्त्री वा राष्ट्रपति बन्नु जस्तै कुनै कम्पनीमा सेवा प्रवेश गर्नेहरुको त्यस कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत CEO हुने लक्ष्य हुनेछ । त्यस्तै विमाजिवि अर्थात अभिकर्ता पेशामा आवद्ध रहेका हरेक व्यवसायिक लिडरहरुलाई MDRT हासिल गर्ने सुन्दर सपना पुरा भए वा नभए पनि सपना साकार पार्न निरंतर आफ्नो लक्ष्यमा तल्लीन रहनेहरुले एकदिन अवश्य सफलता चुमेर छाड्नेछन् ।
नेशनल लाइफ इन्स्योरेन्स कं. लि. घण्टाघर शाखा द्वारा आज एक बिशेष कार्यक्रमको आयोजना गरि शाखा मातहतको MDRT विजेता विशिष्ट अभिकर्तहरुलाई सम्मान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा MDRT विजेता हरुले संयुक्त रूपमा दीप प्रज्वलन गरी केक काटेर उदघाटन गरीएको थियो । क्षेत्रिय प्रबंधक सुमोद थापाको सभापतित्वमा सन्चालन गरीएको उक्त कार्यक्रममा शाखाप्रमुख जयराम धितालले स्वागत मन्तव्य राख्नु भएको थियो , कार्यक्रमममा MDRT विजेता लिडर लगायतका अभिकर्तहरूलाई खादा ओढाइ सम्मान गरिएको थियो |
चक्र जोशीद्वारा संचालन गरिएको उक्त कार्यक्रममा एजेन्सी शाखा प्रमुख सुशिल प्रताप राणा तथा बिजनेस अफिसर प्रशान कपालीको उपस्थिती रहेको थियो । कार्यक्रममा शाखा प्रमुख जयराम धितालले बेलाबेलामा आयोजना गरिने यस्ता कार्यक्रमले अभिकर्ताहरुको कार्यदक्षता अभिबृद्धि गर्नमा सघाउ पुग्नु का साथै नवप्रवेशी अभिकर्ताहरुलाइ थप उर्जा प्राप्त हुने बिचार ब्यक्त गर्द आगामी दिनमा सम्पूर्ण उपस्थित अभिकर्ताहरुको कार्य सफलताको कामना गर्दै जिम्मेवारी निभाउदै पेसा व्यवसाय सञ्चालन गर्न जोड दिनुभएको थियो | कार्यक्रमममा सम्मानित हुने अभिकर्ता
१)जीवन कुमार खत्री
२) छविलाल श्रेष्ठ
३) दीपक श्रेष्ठ
४) अविन राज श्रेष्ठ
५) सुमित्रा तिमल्सिना
६) प्रणीता सुवेदी
७) यम चन्द्र कटुवाल
८) श्रीनव श्रेष्ठ तथा
१५ दिनमैं MDRT बन्न सफलता हाँसिल गर्नुहुने अनिशा राई लगायतलाई टीका तथा खादा ओढाएर सम्मान गरीएको थियो । कार्यक्रम पश्चात् MDRT विजेता लगायत उपस्थित सबैलाई रात्री भोजको राम्रो प्रबंध गरिएको थियो |