free website hit counter

प्रविधिको प्रयोग बढाउन बीमा समितिको निर्देशन

beemaadmin
२०७८ माघ १, शनिबार

काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरले छपक्कै बनाइसक्दा आम मानिसले सजगता नअपनाउने हो भने ठूलो भयाबह स्थिति आउन सक्छ । पछिल्ला दिनमा कोरोना संक्रमणकोदर उच्च गतिमा बढिरहे पनि आम मानिसले स्वास्थ्य सतर्कता अपनाएको पाइँदैन । नियामक निकाय बीमा समितिले बीमा कम्पनीलाई कोरोना महामारी फैलिएसँगै पूर्ण सतकर्ता अपनाएर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । मानिस जम्मा हुने कार्यक्रम तत्काल बन्द गरी प्रविधिको प्रयोगलाई बढावा दिन समितिले निर्देशन दिएको छ । समितिले कम्पनीहरुलाई ५ बुँदे निर्देशन दिँदै जनस्वाथ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्न भनेको छ । समितिले कोरोना महामारी तीव्र रुपमा फैलिएसँगै बीमा कम्पनीहरुलाई संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न तथा गराउन निर्देशन दिएको हो । समितिले कम्पनीहरुले कार्यालयमा उपस्थित कर्मचारी तथा सेवा ग्राहकहरुमा कोभिड संक्रमण जोखिमलाई कम गर्न भौतिक दुरी कायम गरी कार्य गर्ने वातावरण मिलाउन निर्देशन दिएको छ।
त्यस्तै, कार्यालयमा उपस्थित कर्मचारी तथा सेवाग्राहीहरुलाई आवश्यक मास्क तथा सेनिटाइजरको व्यवस्था गर्ने र सञ्चालन गरिने कुनै पनि कार्यक्रममा बढिमा २५ जनासम्म मात्र उपस्थित हुने गरी भौतिक दुरी कायम राखेर सञ्चालन गर्न समितिले निर्देशन दिएको छ ।

सम्बन्धित समाचार