free website hit counter

१५ बीमा कम्पनीको एक्चुअरी भ्यालुयसन स्वीकृत

beemaadmin
२०७८ माघ २, आईतवार

काठमाडौं । १५ वटा जीवन बीमा कम्पनीहरुको बीमाङ्किय मूल्यांकन (एक्चुअरी भ्यालुएसन) प्रतिवेदन स्वीकृत भएको छ । नियामक निकाय बीमा समितिले अघिल्लो आर्थिक वर्ष २०७६–७७ को एक्चुअरी भ्यालुएसन स्वीकृत गरेको हो। यसरी एक्चुअरी भ्यालुएसन स्वीकृत हुने बीमा कम्पनीहरुमा एलआईसी नेपाल, एशियन लाइफ, प्राइम लाइफ, सूर्या लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ, महालक्ष्मी लाइफ, मेट लाइफ, नेशनल लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, नेपाल लाइफ, सन नेपाल लाइफ र यूनियन लाइफ रहेका छन् भने गुराँस लाइफ, रियायबल नेपाल लाइफ, सानिमा लाइफ र राष्ट्रिय बीमा संस्थानको एक्चुरी भ्यालुएसन भने स्वीकृतको प्रक्रियामा रहेको बताइएको छ । एक्चुअरी भ्यालुएसन स्वीकृत भएका कम्पनीहरुमध्ये नेप्सेमा सूचीकृत एलआईसी नेपाल, एशियन लाइफ, प्राइम लाइफ, सूर्या लाइफ, ज्योति लाइफ र रिलायन्स लाइफ गत आर्थिक वर्षको मुनाफाबाट लाभांश समेत प्रस्ताव गरिसकेका छन्। लाभांश प्रस्ताव गरेका प्राइम लाइफ, सूर्या लाइफ र रिलायन्स लाइफले भने प्रस्तावित लाभांश साधारण सभाबाट पारित समेत गरिसकेका छन्। यस्तै एलआईसी नेपाल, एशियन लाइफ र ज्योति लाइफले भने लाभांश पारित गर्न साधारण सभा बोलाएका छन्। यस्तै, महालक्ष्मी लाइफ, मेट लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ र प्रभु लाइफले पनि बीमीतलाई वितरण गर्ने बोनस दर सार्वजनिक गरेका छन्।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार