free website hit counter

व्यतित बीमालेख नविकरणमा ब्याज छुट

beemaadmin
२०७८ माघ ३, सोमबार

काठमाडौं । विभिन्न कारणबाट बीमालेख नविकरण गर्न छुटेका बीमितहरुलाई बीमालेख नविकरण गर्दा लाग्ने ब्याजमा छूटको व्यवस्था सूर्या लाइफ इन्स्योरेन्सले गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने घोषणा गरेको छ । कम्पनीले विषम परिस्थिती तथा विभिन्न कारणले तोकिएको समयमा बीमा शुल्क बुझाउन विलम्ब भई व्यतित भएका बीमालेखलाई ध्यानमा राखी २०७८ माघ २९ गतेसम्म ब्याजमा छुट दिने जनाएको छ ।
कम्पनीले २०७६ माघ २ गतेदेखि २०७८ माघ २९ गते (दुई वर्षं सम्मको किस्ता व्याजमा ३५ प्रतिशत छुट दिने जनाएको छ भने बाँकि तिर्नुपर्ने सबै किस्ताको व्याजमा २५ प्रतिशत व्याज छुट दिने जनाएको छ । साथै, कम्पनीको बीमा शुल्क भुक्तानी इसेवा, प्रभु पे, सेल पे, खल्ती, आइएमई पे, फोन पे र कनेक्ट आइपीएस मार्फत भक्तानी गर्न सकिने जनाएको छ ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार