free website hit counter

विपन्न परिवारलाई यूनियन लाइफले दियो न्यानो

beemaadmin
२०७८ माघ ७, शुक्रबार

काठमाडौं । जीवन बीमा व्यवसायमा आफ्नो उपस्थिति दर्बिलो पार्दै गएको यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहनका कार्यक्रममा पनि अग्र पंक्तिमा देखिन थालेको छ । कम्पनीले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १२ का अतिविपन्न तथा प्राकृतिक प्रकोपबाट पिडित नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका १२ मा रहेका अति विपन्न तथा प्राकृतिक प्रकोपबाट पिडितलाई जाडोमा न्यानो कपडा वितरण गरेको कम्पहो ।

नेपालगंजमा ४७ जनालाई कम्बल वितरण गरेको कम्पनीले खजुरा तथा बर्दियामा समेत राहत वितरणको कार्यक्रम राखेको जनाइएको छ । २०७८ सालको दिपावलीमा युनियन देउसी भैलो कार्यक्रमबाट उठेको रकमले अति विपन्न तथा प्राकृतिक प्रकोपबाट पिडितका लागि सहयोग संकलन गर्ने उदेश्य राख्दै खेलिएको भैलीको उदेश्य पुरा गर्न पाउँदा निकै खुसी लागेको यूनियन लाईफ इन्स्योरेन्सका सदस्य तथा पदाधिकारीहरुको प्रतिक्रिया रहेको छ । न्यानो कपडा वितरण कार्यक्रम विशेष गरी नेपालगंज उपमहानगरपालिक–१२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदीको पहलमा भएको थियो । कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै अध्यक्ष सुवेदीले युनियन लाइफ इन्स्योरेन्स परिवारले नेपालगंज उपमहानगरपालिका १२ का अति विपन्न परिवारलाई छनोट गरेकोमा धन्यवाद समेत व्यक्त गरे ।

Advertisement
Advertisement

अध्यक्ष सुवेदीले भने, सामाजिक सेवामा लागेको युनियन लाइफ इन्स्योरेन्सलाई बधाई पनि दिन चाहान्छु । राहत वितरण कार्यक्रममा विगत लामो समय देखि व्लड क्यान्सरबाट पिडित नेपालगंज उपमहानगरपालिका–१२ का ४ वर्षिय बालिका सम्भता नगरकोटीलाई उपचार खर्च स्वरुप नगद रु २५ हजार प्रदान गरिएको थियो । न्यानो वितरण कार्यक्रममा युनियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख भोजकुमार कुवंर, प्रदेश उपप्रमुख उमेश ठाकुर, नेपालगंज शाखा प्रमुख उत्तम ढकाल, पुर्व विमारत्न निरज कुमार भट्ट र सिओटि झविन्द्र मरासिनी, बरिष्ठ एजेन्सि म्यानेजरहरु टिकामणि उपाध्याय, अर्जुन शाही, शारदा सुवेदी, कृष्ण प्रसाद सुवेदी, यज्ञराज जोशी, टिना केसी, रमेश बिसि, जीव नारायाण बेलबासेलगायतको उपस्थिति रहेको बताइएको छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार