काठमाडौं । बीमा बजारको विस्तार भइरहेको र सम्भावना पनि ठूलो देखिएको बेला संस्थागत बीमा अभिकर्ताहरुको रुपमा एनबि बजार प्रालि स्थापना गरिएको छ । वीरगंजमा रजिष्टर्ड कार्यालय रहेको यो कम्पनीले माघ ६ गते बीमा समितिबाट संस्थागत अभिकर्ताको इजाजत प्राप्त गरिसकेको छ । ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी सहित स्थापित यो कम्पनीको संचालक समिति अध्यक्षमा पवन कुमार अग्रवाल रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा राकेश कुमार वर्णवाल रहेका छन् । यो कम्पनीले हाल महालक्ष्मी, प्राइम, सानिमा लाईफको संस्थागत अभिकर्ताको रुपमा काम शुरु गरेको बताएको छ भने भविष्यमा अन्य बीमकको अभिकर्ता सेवा प्रदान गर्ने बताइएको छ ।
कम्पनीले बीमालेख खरिद बिक्री सेवा, बीमा सम्बन्धी परामर्श, बीमा दाबी भुक्तानी, डिजिटल माध्यमबाट बीमालेखको खरिद बिक्री, बीमा बजार सम्बन्धी अनुसन्धान र अन्य सेवाका लागि सहजकर्ताकोरुपमा सेवा प्रदान गर्ने कम्पनीको संचार अधिकृत सुजित चन्द्र वर्माले जानकारी दिएका छन् ।