free website hit counter

एनएलजी इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

beemaadmin
२०७८ माघ १४, शुक्रबार

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७र७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश १० प्रतिशतले हुन आउने १२ करोड ६ लाख १ हजार ३०५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०।५२६३ प्रतिशतले हुन आउने ६३ लाख ४७ हजार ४३७ रुपैयाँबराबरको बोनस सेयर रहेका छन्। प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी कम्पनीले कार्यान्वयनमा ल्याउनेछ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार