free website hit counter

३० करोड राजश्व छलीको अभियोगमा मुद्दा

beemaadmin
२०७६ मंसिर ११, बुधबार

काठमाडौं । राजश्व अनुसन्धन विभागले राजश्व चुहावट गरेको अभियोगमा संखुवासभा घर भएका तोप्के भोटेलाई ३० करोड बिगो कायम गरी संखुवासभा जिल्ला अदालत चैनपुरमा मुद्दा दर्ता गरेको छ । विभागद्वारा जारी विज्ञप्तिमा २५ केजि सुन भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा १५,१३,२५,००० तथा विदेशी बिनिमय अपचलनको अभियोगमा कसुर बरारको बिगो रकम थप गरी ३० करोड २६ लाख ५० हजार बिगो कायम गरी संखुवासभा जिल्ला अदालतमा मंसिर १० गते मुद्दा दायर गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको टोलिले चेकजाँचको क्रममा तोप्के भोटेको शरिर तथा निजले वोकेको झोलाबाट विना विल विजक लुकाई छिपाइ ल्याउँदै गरेको ५ के.जि. सुन बरामद गरी यस विभागमा जिल्ला प्रहरी कार्यालयबाट दाखिला भई अनुसन्धान गर्दा प्रतिवादी तोप्के भोटे, रिन्जीन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटे समेतले आपसी मिलेमतो गरी सुन भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरी ल्याएको पाइएको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार