free website hit counter

जन्म दिनमा छोरालाई १० लाखको बीमा पोलिसी उपहार

beemaadmin
२०७८ माघ १८, मंगलवार

हेटौडा । जन्मदिन भन्ने बितिक्कै जमघट, केक, पार्टी र मिठामिठा परिकार तथा गिफटहरुमा रमाइलो गर्ने चलन छ । तर पछिल्लो समय यस्ता जमघट र उपहारका नाममा हुने फजुल खर्च घटाएर बीमा पोलिसी उपहार दिने चलनको विकास भएको छ ।
यसै बीच मकवानपुरको कैलाश गापा– १० नामटार गैरीगाउँ बस्ने सुनिता तामाङले छोराको जन्मदिनमा बीमा पोलिसी उपहार दिएकी छिन् । तामाङले छोरा सनिश थिङलाई जन्म दिनको अवसर पारी १० लाखको बीमा पोलिसी उपहार दिएकी हुन ।
एशियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड शाखा कार्यलय हेटौडाबाट २० वर्षे बाल उच्च शिक्षा योजना १० लाखका सुचारु गरिएको अभिकर्ता हिरामाया मोक्तान बताइन । जन्म दिनलाई विशेष बनाउनुको साथै बच्चाको उच्च शिक्षा खर्च व्यवस्थापनको लागि जन्म दिनमा बिमा पोलिसी उपहार अत्यन्त राम्रो हुने सेनियर एजेन्सी राजु साहले सुझाए पश्चात उक्त गराउन सफल भएको अभिकर्ता मोक्तान बताइन ।
एउटै बिमालेखबाट अभिभावक र बच्चा दुवैको जोखिम बहन हुने, बच्चा १६ देखि २० वर्ष सम्म अग्रिम भुक्तानी पाउने साथै अन्त्यमा शत प्रतिशत बोनस दिने भएकोले यो बिमा उच्च शिक्षामा महत्वपुर्ण भुमिका खेल्ने शाखा कार्यलय हेटौडाका शाखा प्रबन्धक डिल्लीराम तिवारीले बताए । जिन्सी, नगद र अन्य उपहारका सामान भन्दा जीवन बिमामै बर्षै पिच्छे किस्ता तिरी जोखिम बहन र बचत समेत हुने छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार