free website hit counter

आईएमई जनरल इन्स्योरेन्स २२औँ वर्षमा

beemaadmin
२०७८ माघ १९, बुधबार

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी आफ्नो गौरवमय २१ वर्ष पूरा गरी परिपक्व उमेर २२औं वर्षमा प्रवेश गरेको छ । २०५७ साल माघ १९ गते एनबी इन्स्योरेन्स कम्पनीको रुपमा स्थापना भएको सो कम्पनी एक दशक अगाडि आईएमई ग्रुपले ठूलो हिस्सा शेयर खरिद गरेपछि २०७४ मंसिर ७ मा नाम परिवर्तन गरी आईएमई जनरल इन्स्योरेन्स कम्पनी बनाइएको थियो । यसअघि सो कम्पनीको मुख्य प्रवद्र्धकमा एनबी ग्रुप रहेको थियो । २२औं वर्ष प्रवेशको उपलक्ष्यमा आईएमई जनरल इन्स्योरेन्स कम्पनीले आगामी दिनमा अझै स्वस्थ प्रतिस्पर्धाका साथ बीमा बजारमा आफ्नो उपस्थिति जनाउने प्रतिबद्धता जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिइओ युगेशभक्त वादे श्रेष्ठले २२औं बार्षिकोत्सवको अवसरमा कम्पनीलाई प्रविधिमैत्री बनाई आम जनतालाई सरल रुपमा बीमा सेवा प्रवाह गर्ने, बीमाको पहुँच बृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । बीमितलाई स्तरीय सेवा, लगानीकर्ताहरुलाई अधिकतम् प्रतिफल दिने गरी अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार