free website hit counter

आइएमई जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क ३७ करोड

beemaadmin
२०७८ माघ २८, शुक्रबार

काठमाडौंं । आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समिक्षा अवधिमा १२ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन नाफा गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १९.२३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १५ करोड २ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।
इन्स्योरेन्सको खुद बीमाशुल्क भने ३.४० प्रतिशतले बढेर ३७ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ३६ करोड ३९ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै, कम्पनीले पुनर्बीमा कमिशन वापत १० करोड ९७ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट २ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी एक अर्ब १५ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३० करोड ४२ लाख रुपैयाँ र बीमा कोषमा ५३ करोड ५ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २० रुपैयाँ ९७ पैसा, प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ११ पैसा र मूल्य आम्दानी अनुपात ५४।४२ गुणा बढी छ । कम्पनीले यस अवधिमा ६५ हजार ४८२ वटा बीमालेख जारी गरी ८२ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले २ हजार ५६१ वटा कुल दाबी बापत ४२ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५ हजार ९१ वटा दाबी बापत ६१ करोड १७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार