free website hit counter

एलआईसी नेपालको नाफा बढ्यो, अन्य सूचकमा पनि प्रगति

beemaadmin
२०७८ माघ २८, शुक्रबार

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिसम्म ९ अर्ब ५८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोही अवधिसम्मको तुलनामा ०।१६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ९ अर्ब ५६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
दोस्रो त्रैमाससम्म कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ३ अर्ब ४ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आय २ अर्ब ६२ करोड रुपैयाँमा सीमित थियो। समीक्षा अवधिसम्म कम्पनीले ५ अर्ब २६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब ५२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।
यो अवधिसम्म कम्पनीको खुद नाफा ३३.५१ प्रतिशतले घटेर ७ करोड ६९ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ११ करोड ५६ लाख नाफा आर्जन गरेको थियो। कम्पनीको व्यवस्थापन खर्च ३३ करोड ४ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म व्यवस्थापन खर्च ३८ करोड ५७ लाख रुपैयाँ थियो।
समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार १६।४९ प्रतिशतले बढेर ८३ अर्ब ५९ करोड ११ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष जीवन बीमा कोषमा ७४ अर्ब २४ करोड रुपैयाँमा सीमित थियो। यसैगरी गत वर्ष यही अवधिसम्म ६३ करोड ४० लाख रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर १ अर्ब २३ करोड रुपैयाँको उचाइमा पुगेको छ। कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३.४८ रुपैयाँ, पीई अनुपात ६२२.४३ गुणा र प्रतिसेयर नेटवर्थ १७१.३२ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार