काठमाडौं । बीमा र वित्त क्षेत्रमा झण्डै चार दशकको अनुभव हासिल गरेका बिजय बहादुर शाह हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो । कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुशिल बज्राचार्यले व्यक्तिगत कारण देखाइ कार्यकाल सकिनु डेढ वर्ष अगाडि नै बाहिरिएपछि सञ्चालक समितिले शाहलाई नियुक्ति गरेको हो ।
शाह गत साउनमा नेपाल इन्स्योरेन्स कम्पनीबाट बाहिरिएका थिए । संस्थागत सुशासन निर्देशिका अनुसार उनको कुलिङ पिरियड ६ महिना सकिएपछि बीमा समितिले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि अनुमति दिएको हो । शाह नेपाल इन्स्योरेन्स भन्दा पहिला एनएलजीमा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएका थिए ।