free website hit counter

आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

beemaadmin
२०७६ मंसिर १२, बिहीबार

काठमाडौं । झण्डै तीन दशमदेखि बीमा तथा बित्त क्षेत्रमा संलग्न हुँदै आएका शरण रेग्मी आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका छन् । संचालक समितिले कम्पनीमा नायव महाप्रन्धक पदमा कार्यरत रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
रेग्मीलाई आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले मंसीर १० गतेदेखि लागु हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नियुक्ती गरेको हो ।
स्नातकोत्तर तह उतिर्ण गरी विगत २७ वर्षदेखि निर्जीवन बीमा तथा वित्त क्षेत्रमा काम गरेको अनुभव संगालेका छन् ।
बिमा तथा वित्त क्षेत्रमा सहायक स्तरबाट आफ्नो सेवा शुरु गरी विभिन्न पद र विभागमा कार्य गर्दै निरन्तर कर्ममा विश्वास गर्ने व्यक्तिको रुपमा आफूलाई स्थापित गर्दै आएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार