free website hit counter

एशियन लाइफद्वारा ठकुरी परिवारलाई मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ फाल्गुन ६, शुक्रबार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको असामयिक निधनपछि मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले कैलाली जिल्ला लम्कीचुहा नगरपालिका ६ मा बस्ने लक्ष्मी ठकुराठिलाई २० लाख २७ हजार ८६३ रुपैयाँको बीमालाभ सहितको दाबी रकम प्रदान गरेको हो । उक्त रकम नीजको श्रीमान स्व। जमान सिंह देउवाको मृत्यु भएपछि कम्पनीले बीमा राहत वापतको रकम हस्तान्तरण गरेको हो ।
स्व जमान सिंह देउवाले २०७७ पुस २९ गते २० लाख रुपैयाँको बीमा गरेका थिए । उनले वार्षिक १ लाख ३४ हजार ८८९ रुपैयाँ किस्ता वापत १ किस्ता मात्र तिरेका थिए । उनको कोरोना संक्रमनका कारण मृत्यु भएपछि उक्त रकम वापतको बीमा दाबी कम्पनीले उनको श्रीमतिलाई दिएको हो । मृत्यु दाबी रकम वापतको चेक लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईले स्व। मृतक देउवाको श्रीमतिलाई दिएका हुन् ।

सम्बन्धित समाचार