free website hit counter

एसियन लाइफले दियो देउवा परिवारलाई मृत्यु दावी भुक्तानी

beemaadmin
२०७८ फाल्गुन १०, मंगलवार

काठमाडौं । कोभिड संक्रमणका कारण बीमितको ज्यान गएपछि एसियन लाइफ इन्स्योरेन्सले कैलाली लम्किचुहाका लक्ष्मी ठकुरीलाई बीमालाभ सहित २० लाख २७ हजार ८६३ रुपैयाँ रकम भुक्तानी गरेको छ । उक्त रकम लक्ष्मीका स्वर्गीय श्रीमान जमान सिंह देउवाको मृत्यु पश्चात प्रदान गरिएको हो ।
जमान सिंह देउवाले एसियन लाइफमा २०७७ सालमा २० लाख रुपैयाँको बीमा गरेका थिए । वार्षिक १ लाख ३४ हजार ८८९ रुपैयाँको दरले किस्ता जम्मा गर्ने सर्तमा उनले बीमा गरेका थिए । एक पटक मात्रै किस्ता जम्मा गरेका उनको कोभिड–१९ का कारण मृत्यु भएपछि एसियन लाइफले बीमा रकम साथै राहत रकमसहित २० लाख २७ हजार ८६३ हजार रुपैयाँ बीमालाभ रकम उनकी श्रीमतीलाई प्रदान गरिएको एसियन लाइफले जनाएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार