free website hit counter

महामारीले बीमा क्षेत्रमा एउटा अवसर प्राप्त भएको छ

beemaadmin
२०७८ फाल्गुन १५, आईतवार
  • सञ्जिता भक्तराज, सिनियर एजेन्सी म्यानेजर

नारायणस्थान नपा ७, इलाममा जन्मिएर हाल महालक्ष्मी नपा ८ लुभु निवासी सञ्जिता भक्तराज १७ वर्षदेखि एलआईसी नेपालमा बीमा अभिकर्तामा प्रवेश गरी सिनियर एजेन्सी म्यानजेरको रुपमा कार्यरत छिन् । हाल आएर लगातार १० वर्षसम्म एमडीआरटी क्लबमा प्रवेश गर्न सफल भई उक्त क्लबको आजिवन सदस्य बन्न सफल भएका छन् । उक्त अभिकर्ताहरुको साझा संस्था मिलिनियम डलर राउन्ट टेबलको आजिवन सदस्य बन्ने पहिलो नेपाली अभिकर्ता हुन् । उक्त क्लबमा प्रवेश गर्नलाई पहिलो वर्षको प्रथम बीमाशुल्क ४०,२५००० बुझाई वार्षिक आम्दानी रु. १२०००००।– भएको हुन पर्दथ्यो भने हाल कोरोना संक्रमण यता अर्थतन्त्र चलायमान नहुँदा उक्त रकम हटाइ प्रथम बीमाशुल्क ३७५२३०० र वार्षिक आम्दानी रु १०,५०,००० गरेको हुनुपर्दछ । यो सन् २०२३ को अभिकर्ता टार्गेट हो । यसको समयवधि प्रत्येक वर्षको जनवरी १ तारिखदेखि डिसेम्बर ३१ तारिखसम्म कायम गरिएको छ । प्रस्तुत छ अर्थबीमाका सम्पादक नुरराज कँडेलले सञ्जितासँग गरेको छोटो कुराकानी :

० अर्थतन्त्र कमजोर भएको अवस्थामा पनि एमडीआरटी हुन सफल हुनुभयो, बीमा व्यवसायको समग्र अवस्था कस्तो छ ?
– प्रश्न सह्रानीय छ । विगत दुई वर्षदेखि कोरोना संक्रमणले गर्दा धेरै व्यवसायले समस्या भोग्नु प¥यो । बन्दा बन्दीको अवस्था आयो र धेरै व्यवसायमा नकारात्मक असर देखाप¥यो भने कतिपय दाजुभाई दिदी बहिनीहरुले दैनिक छाट टार्न पनि धौ धौ प¥यो । तर यसैका बाबजुत पनि आम जनमानसमा बीमाको महत्व बढ्दै गयो र यसबारेमा बहुसंख्यक व्यक्तिहरु बुझ्ने भए । यो महामारीले बीमा क्षेत्रमा एउटा अवसर प्राप्त भएको छ, जसले गर्दा आम बीमा अभिकर्ताले धेरै बुझाइरहनु परेको छैन । कतिपय व्यक्तिहरुले नियमित खर्च कटाएर बीमा गर्न थालेका छन् ।

० बीमा अभिकर्ता बाहेक अन्य पार्टटाइम काम पनि गर्नुहुन्छ कि ?
– बीमा अभिकर्ताको इजाजत लिँदासम्म यो पेशाको आम्दानीले मात्र आर्थिक भरथेग गर्दैनकि भनेर पार्टटाइम जब गर्दथे, तर जब बीमितको संख्या बढाए, म एजेन्सी म्यानेजर भए, त्यसपछि मेरो मातहतमा काम गर्ने एजेन्सीहरु थुप्रिदै गए र बीमाबाट नै आम्दानी बढ्दै गयो त्यसपछि पार्टटाइम काम छाडेर फुलटाइम एलआईसी नेपाललाई नै दिएको छु ।

० यसको मतलब बीमा व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ?
– ठिक भन्नुभयो, जब एउटा व्यवसायबाट नै सन्तुष्टि पाएपछि अर्कोतिर किन भौतारिनु ? म बीमा क्षेत्रमै सन्तुष्ट छु, यही क्षेत्रमा व्यस्त छु ।

० जीवन बीमा व्यवसायमा एमडीआरटी निकै प्रख्यात छ के हो त्यो ?
– यो एमडीआरी भनेको अभिकर्ताको साझा संस्था हो र यसको प्रधान कार्यालय अमेरिकामा छ । यसमा ७० देशको ५०० भन्दा बढी बीमा कम्पनी आवद्ध छन् । यो संस्था सन् १९२७ मा स्थापना भएको थियो भने यस संस्थामा बीमा अभिकर्ता बाहेक वित्तिय क्षेत्रमा कार्यरत अन्य व्यक्तिहरु पनि समावेश हुन सक्छन् । तर यसको परिधि कम्पनी अनुसार फरक हुन्छ ।

० यो क्लबमा प्रवेश गर्न शुल्क तिर्नु पर्छ ?
– पैसा रुपैयाँमा होइन, डलरमा तिर्नुपर्छ । जब एमडीआरटीमा प्रवेश गरिन्छ तब अमेरिकी डलर ५५० क्बलाई तिरेर सदस्यता लिनुपर्छ ।

० उक्त रकम बीमकले तिर्छ कि योग्यता पुगेको भकिर्ताले ?
– हामीले नै तिर्ने हो । बीमकले एमडीआरटीमा प्रवेश गरेको प्रमाणपत्र दिन्छ र अमेरिकाबाट पनि एमडीआरटी भएको जानकारी दिइन्छ । त्यसपछि हामीले शुल्क तिरेर क्लब सदस्यता लिने हो ।

० नेपालमा यस क्लबको सदस्यता क–कसले लिए ?
– नेपालमा सर्वप्रथम एमडीआरटी सदस्यता एलआईसी नेपालले लियो र उसैको प्रस्तावमा बीमा व्यापार गरेको आधारमा बीमा अभिकर्तालाई एमडीआरटीमा सिफारिश गर्न थाल्यो । त्यसैको निरन्तरतास्वरुप आज म एमडीआरटीको आजीवन सदस्य हुन पाएँ ।

० बैक्योइन्स्योरेन्सले अभिकर्तालाई कस्तो असर पारेको छ ?
– धेरै असर गरेको छ । बैंकले एटा ग्राहकलाई ५० लाख ऋण प्रदान गर्दा २÷३ लाख बीमा शुल्क तिर्न गाह्रो हुँदैन र बैंकको दबावमा पनि बीमालेख खरिद गर्न मञ्जुर हुन्छ । समस्या त्यतिबेला हुन्छ जब ग्राहकको खातामा पैसा हुँदैन र बैंकले पनि ताकेता गर्दैन, किनकि ग्राहक ऋणि हो । बैंकको ब्याज, किस्ता, नियमित तिर्न पर्दा बीमित आर्थिक रुपमा दबावमा हुन्छ र बीमाको शुल्क तिर्न नै नसक्ने अवस्था पनि हुन्छ । र कालान्तरमा बीमा व्यवसायमा नकारात्मक असर परिहाल्छ । अधिकांश ९० प्रतिशत बैंक्योइन्स्योरेन्स यसै कारण बीमालेख निस्क्रिय र सरेन्डर गएका छन् ।

० हाल आएको बीमा समितिको निर्देशिका २०७८/३/२४ पछिको समर्पण मूल्य र बीमालेख धितोमा ऋणको व्यवस्था परिवर्तन गरिएकोमा तपाईंको भनाई के छ ?
– जीवन बीमा अपरिहार्य छ, आफ्नो क्षमताअनुसार हरेक व्यक्तिले जीवन बीमा गर्नैपर्दछ जसले गर्दा पारिवारिक, आर्थिक बोझ कम भई नियमित बचत भइरहन्छ । बीमा समितिको त्यो निर्देशका त्यति सान्दर्भिक देखिँदैन । जसलाई बीमकहरुको सल्लाह लिई परिमार्जित गर्न जरुरी छ । अधिकांश अभिकर्ताहरुले नियमित भएको अवस्थामा गाह्रो साह्रो पर्दा ऋण लिन पनि सकिन्छ, रद्द गर्न पनि सकिन्छ भनेर बीमालेख बिक्री गर्दै आएका थिए भने हाल आएर उक्त अवधि ३ वर्ष बनाइएको हुँदा सबैले नियमित तिर्न नसक्दा पनि समस्या आउँछ, ग्राहकलाई बुझाउन पनि समस्या भइरहेको छ ।

सम्बन्धित समाचार