free website hit counter

जीवन बीमा कम्पनीलाई चार जिल्लाको जिम्मा

beemaadmin
२०७८ फाल्गुन १६, सोमबार

काठमाडौं । बीमा चेतना वृद्धि गर्ने मुख्य दायित्व पाएको बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई चार चार जिल्ला गरेर छुट्याइदिएको छ । जीवन बीमा कम्पनीहरुले कम्तिमा चार वटा जिल्लामा एक वर्षसम्म बीमा सम्बन्धी जनचेतना तथा जीवन बीमा व्यवसाय अभिबृद्धि सम्बन्धी कार्यक्रम गर्नु पर्ने भएको छ । बीमा समितिले शुक्रवार गोलाप्रथाबाट सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई ४–४ वटा जिल्ला तोकिदिएको हो ।
गोलाप्रथाबाट आफ्नो भागमा परेका जिल्लाहरुमा बीमा कम्पनीहरुले एक वर्षसम्म नियमित रुपमा बीमा सम्बन्धी जनचेतनामुलक विभिन्न कार्यक्रमहरु आयोजना गर्नु पर्ने भएको छ । बीमाको प्रचार प्रसार गर्दै गर्दा बीमा कम्पनीहरुले आफ्नो बीमा योजनाको प्रवर्द्धन समेत गर्न पाउने भएकाले यो थप प्रभावकारी हुने बीमा समितिको धारणा छ । जीवन बीमा व्यवसाय काठमाडौंमा मात्रै केन्द्रित नभइ गाउँ गाउँका सर्वसाधारण बीमाको पहुँचमा आउनु पर्ने बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको धारणा रहेको छ । यसका लागि बीमा कम्पनीले पनि आफ्नो तर्फबाट जनचेतना तथा व्यवसाय अभिबृद्धिको काम गर्नु पर्ने उनले बताए । बीमा समितिले यस आर्थिक वर्षमा १०० वटा स्थानीय निकायका जनप्रतिनिधी, सरोकारवाला पक्ष र सर्वसाधारण व्यक्तिहरु सँग बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिसिसकेको छ । अझै ५० वटा जिल्लामा पुग्ने समितिको लक्ष्य रहेको छ । बीमा समितिले गर्दै आएको कार्यक्रम र अहिले जीवन बीमा कम्पनीहरुलाई तोकेर दिएको निर्देशन फरक रहेको समितिले जनाएको छ ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार