काठमाडौं । बीमा गरेको ६ महिनामै बीमितको मृत्यु भएपछि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाल्पा शाखाले मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले तानसेन ११ स्थायी घर भइ हाल भारतमा रोजगारको सिलसिलामा मृत्यु भएका बमबहादुर सुर्यवंशिको परिवारलाई दाबी भुक्तानी रकम दिएको हो ।
मृतक बम बहादुरले ६ महिना अघि ज्योती लाइफ इन्स्योरेन्समा ५ लाख बराबरको बीमा गरेका थिए तर बीमा गरेको ६ महिनामै उनको मृत्यु भएपछि उनको परिवारले ५ लाख ८३३३ रुपैया कम्पनीले हस्तान्तरण गरेको हो ।
दाबी भुक्तानी रकम लिदै मृतक बम बहादुरकी आमा बिष्णु सुर्यवंशिले छोरा गुमाएको परिवारलाई बिमा रकमले थोरै भएनी राहत मिलेको बताईन । कम्पनीका पाल्पा शाखाका शाखा प्रमुख पारसमणी पोखरेलले बीमा रकम हस्तारण गर्दै पहिले बीमा गरेको हुनाले यसरी रकम आएको बताउदै, मृतकको परिवारले बीमित बम बहादुरको मृत्यु भएको जानकारी गराई आवश्यक कागजात पेश गरि उक्त भुक्तानी रकम बम बहादुरकी आमाले पाएको बताए । उनले जीवनको लागि बीमा निकै महत्वपूर्ण रहेको समेत भएको बताए ।