पछिल्लो समयमा बीमा कम्पनीहरूको संख्या बढिरहँदा बीमाको पहुँच जति हुनु पर्ने हो त्यति भएको पाइँदैन । हुन त नयाँ बीमा कम्पनीहरू थपिएपछि बीमितको संख्याबढेको निश्चित नै छ तर जति पहुँच पुग्न पर्ने हो त्यति नपुगेको पनि निश्चित हो । तथ्यांकले देखाएको बीमाको आशंका ३०–३५ प्रतिशत छ तर यस प्रतिशतभित्र धेरै कुराहरू समावेश भएको पाइन्छ । जसमा म्यादि बीमा, बैंक्योइन्स्योरेन्स, बैदेशिक राेजगार बीमाहरू बाध्यात्मक रुपमा गर्नै पर्ने र सहजै नविकरण नगरिने कारण उक्त तथ्यांकलाई सहि मान्न सकिँदैनन् । कतिपय बाध्यात्मक रुपमा गरिने बीमा नविकरण नहुँदा बीमित तथ्यांकभित्र पर्दछन् तर बीमक वा बीमाको सुविधाबाट बञ्चित हुन्छन् ।
तथ्याङ्क गढबढ हुने कारण के हो ?
बीमासम्बन्धी जानकारी आम जनमानसमा नहुँदा कतिपय बीमालेख नियमित हुँदैनन् । यस्ता बीमालेखहरूमा अनुभव नभएका अभिकर्ताले गराएको बीमा, ऋण लिँदा गरिएका घर, सम्पत्ति बीमा, विदेश जाँदा गरिएको म्यादी बीमा लगायत आदि पर्दछन् । यदि यी सबै बीमितहरूले बीमाको महत्व बुझेको भएमा विदेशबाट फर्किए पनि, अभिकर्ताले जानकारी नगराए पनि र बैंक ऋण सकिए पनि बीमा शुल्क बुझाउर नविकरण गराइरहन्थे, यसो गर्दा बीमकले व्यापार पाउने र बीमितले सुविधा पाउने भई बजार विस्तारमा थप टेपा पुग्दथ्यो ।
बीमा समितिको निर्देशन अनुसार प्रति जीवन बीमकले चार जिल्लामा बीमा चेतना कार्यक्रम गर्नै पर्ने ?
यो निर्णय सराहनीय छ । यसले गर्दा दुर्गम र ग्रामीण भेगको कुना कन्दरामा बीमाको उत्पादन पुगेर यससम्बन्धी फाइदाहरूको जानकारी सम्प्रेषण हुन्छ र बीमितको संख्या बढेर बीमा व्यवसायमा वृद्धि भई भवितव्यमा परेका नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्दछ र बीमा अनिवार्य छ भन्ने मानसिकताको वृद्धि पनि हुन्छ ।
निर्देशन मात्रै दिइरहने कि आफू पनि खटिने ?
बीमा कम्पनी व्यापारिक संस्था हो, जसले कसरी नाफा हुन्छ भन्ने मात्र सोचेको हुन्छ र विविध माध्यमबाट आफ्नो उत्पादनको प्रचार गरी बीमा व्यवसाय विस्तार गर्न प्रयासरत हुन्छन् । बीमा समिति बीमकहरूको नियामक निकाय हो जसले बीमा कम्पनीको बेथिति, विकृति र सुशासनमा सकारात्मक भूमिका खेल्दछ । बीमा सचेतना फैलाउनको लागि बीमा समितिको पनि योदगान त्यत्तिकै महत्वपूर्ण हुन्छ किनकि यो नेपाल सरकारको एउटा अंग हो, जसले गर्दा आम मानिसले विश्वास गर्ने आधार बन्दछ । बीमा समितिले बीमकबाट बीमा शुल्क बापत लाभ लिएकै हुन्छ भने बीमकको व्यापार बढेमा समिति पनि आर्थिक रुपमा सबल हुन्छ नै । उपरोक्त विविध कारणले गर्दा बीमा सचेतना कार्यक्रममा बीमा समितिको उपस्थिति हुन जरुरी छ र सजिलो पनि के छ भने समितिले प्रादेशिक कार्यालय खोल्दैछ र आफ्नो उपस्थिति सहज हुन्छ ।
त्रिपक्षीय रुपमा पुल बनाई अघि सर्दा झन् बढी प्रभावकारी
जीवन बीमामा बीमा प्रस्तावक वा बीमितले बीमक र बीमा समिति जान्दैनन् र यसको जानकारी गराउने काम अभिकर्ताको हो । बीमितले अभिकर्ताको विश्वासमा बीमा गर्ने हो र बीमक नियमन निकाय जान्दैनन् यो विश्व प्रसिद्ध अभ्यास तथा उदाहरण हो ।
यदि यो सत्य हो भने बीमकलाई अघि सारेर मात्र बीमा व्यवसायको प्रचार होला त रु हुन्छ तर नगन्य मात्रामा । यस सन्दर्भमा सम्बन्धित क्षेत्रका अभिकर्ता, वीमक र बमिा समितिका पदाधिकारीहरू सम्मिलित रुपमा कार्यक्रम गरेमा धेरै प्रभावकारी हुन्छ र त्यस क्षेत्रका बीमा अभिकर्ताहरूले बीमा व्यवसायको विस्तार गरी बीमाका पहुँच निश्चय पनि बढाउँछन् र त्रिपक्षीय फाइदा हुन्छ भने बीमितलाई समावेश गरिएमा चौपक्षीय फाइदा नै हुन्छ ।