free website hit counter

घरवेटीको बयानपछि जुट्यो झन ठूलो प्रमाण

beemaadmin
२०७८ फाल्गुन २३, सोमबार

काठमाडौं । जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) तनहुँ प्रहरीको हिरासतमा छन् । आइतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्रहरीले पल शाहसहित ५ जनाको बयान लिएको छ । १७ वर्षीया बालिकाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।
फागुन ११ मा बालिकाले दिएको जाहेरीमा २०७८ वैशाख १४ मा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित प्रदीप थापाको घरमा पलले बलात्कार गरेको जिकिर गरिएको छ । तनहुँ प्रहरीले घरधनी प्रदिप थापा र उनकी पत्नीसँग बयान लिएको छ । घरधनी दम्पतीले प्रहरीसँग भनेका छन्–‘त्यसदिन पल र बालिका सँगै बसेका हुन् ।’ घटना भएको दिन कमल खत्री भन्ने व्यक्ति सो घरको छुट्टै कोठामा बसेका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार प्रदिप थापा दम्पतीले बालिकाको उजुरीलाई सहयोग पुग्नेगरी बयान दिएका छन् ।

कलाकार दुर्गेश थापा र सम्राट चौलागाईंले गत बुधवार दमौलीमा गएर बयान दिएका थिए । आइतबारसम्म ५ जनाको बयान सकिएको नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘बयानसँगै प्रमाण संकलन गर्ने काम भइरहेको छ ।’ आरोपी पल शाहले चाहिँ ‘बलात्कार’ अस्वीकार गरेका छन् । तनहुँका अनुसन्धान अधिकृत र सरकारी वकिल कार्यालयका अधिकारीसँगको बयानमा शाहले आरोप अस्वीकार गरेका हुन् । प्रहरीले पीडित बालिकाको पनि घटना विवरण कागज गराएको छ ।

पल शाहविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि उजूरी परेको छ । बलात्कार मुद्दामा अनुसन्धान र बयानका लागि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले शाहलाई उपस्थित गराइदिन भन्दै तनहुँ प्रहरीलाई पत्र लेखेको छ । जिल्ला अदालत पूर्वी नवलपरासीले उनलाई पक्राउ गर्न छुट्टै पक्राउ अनुमति जारी गरेको छ । प्रहरीले पनि छुट्टै मिसिल तयार गरेको छ । पललाई केही दिनमा पूर्वी नवलपरासीमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका एकजना अधिकृतले बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार