free website hit counter

सन नेपाल लाइफद्वारा चौधरी परिवारलाई मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ फाल्गुन २४, मंगलवार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमितको असामयिक निधन भएपछि आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले गोदावारी नगरपालिका कैलाली स्थित बीमित फुलाराम चौधरीको परिवारलाई दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतक चौधरीको श्रीमति उर्मिला देबी चौधरीलाई बीमा वापतको ६ लाख, बोनश वापत ४९ हजार ८ सय र तेस्रो किस्ता वापतको रकम कटाएर कुल ५ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ दाबी रकम दिएको हो । उनको पुस २७ गते छाती कम्मर दुखेर मृत्यु भएको थियो । उनको तेसे किस्ता वापतको ५५ हजार ३११ रुपैयाँ कटाएर उक्त रकम हस्तान्तरण गरेको कम्पनीका अत्तरिया उपशाखा प्रमुख राजन खड्काले बताए ।

सम्बन्धित समाचार