free website hit counter

जनता र ग्लोबलको एकीकृत कारोबार हुँदै

beemaadmin
२०७६ मंसिर १३, शुक्रबार

अर्थबीमा समाचारदाता

काठमाडौं । मुलुकमा दुई ठूला बैंकहरु ग्लोबल आईएमई र जनता बैंकले करिब तीन हजार २५५ भन्दा बढी कर्मचारीबाट देशैभर बैकिङ्ग सेवा दिने बाटो खुलेको छ । राष्ट्र बैंकबाट मर्जरमा जान अन्तिम स्विकृती पाएसँगै बैंकको संयुक्त मर्जर कमिटीले आगामी मङ्सिर २० गतेदेखि एकीकृत कारोबार तयारी गरेको बताइएको छ ।

गत असार २० गते मर्जरमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो भने मङ्सिर २ गते दुबै बैंकको साधारणसभाले मर्जर प्रस्ताव पारित गर्दै एकीकृत कारोबारको अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक गएकोमा त्यहाँबाट स्वीकृति प्राप्त गरे पश्चात् मर्जर प्रकृया टुङ्गोमा पुगेको हो ।

दुई बैंकको गरी अबको चुक्ता पुँजी १९ अर्ब रुपियाँ रहने सो बैंकको मुलुकभर करिब २० लाख ग्राहक रहेको दावी गरिएको छ । अधिल्लो आर्थिक बर्षको मुनाफाबाट ग्लोबलले सेयरधनीका लागि २५ प्रतिशत र जनता बैंकले १२ प्रतिशत लाभांश वितरण गरेको छ ।

अब बैंकको कुल निक्षेपको दुई खर्ब १० अर्ब, कर्जा लगानी दुई खर्ब पुग्ने भएको छ । मुलुकभर ३०० को हाराहारीमा शाखा कार्यलय मार्फत सेवा दिने भए पश्चात अब अन्य बैंकहरुलाई पनि ठूलो आकार बनाएर बैकिङ्ग सेवा उपलब्ध गराउने दवाव सिर्जना भएको छ । यसै क्रममा नेपाल बैंक र नबिल बैंकको मर्जको हल्ला पनि बजारमा चल्न थालेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार