free website hit counter

पललाई तनहुँमै तानियो

beemaadmin
२०७८ चैत्र २, बुधबार

तनहुँ । नाबालिग बलात्कारको अभियोगमा अनुसन्धानका लागि नवलपुर पुर्‍याइएका कलाकार पल शाहलाई तनहुँ फर्काइएको छ । नवलपुरमा बयान सकेर फेरि अनुसन्धानका लागि उनलाई मंगलबार तनहुँ ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । ‘अनुसन्धानका लागि नवलपुर पठाएका थियौँ । अब फेरि यहीँबाट अनुसन्धान हुनेछ’, उनले भने ।
डीएसपी खड्का अनु्सार ४ चैतसम्ममा पललाई हिरासतमा राखेर अनुसन्धान गर्नलाई जिल्ला अदालत तनहुँबाट म्याद लिइएको छ । अनुसन्धानको क्रममा रहेकाले फेरी पनि म्याद थप हुन सक्ने उनले संकेत गरे । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा बालिकामाथि करणी गरेको भन्दै उजुरी परेपछि पल प्रहरी हिरासतमा रहेका छन् । प्रहरीमा उजुरी परेको पाँच दिनपछि पलले तनहुँ प्रहरी समक्ष १५ फागुनमा गिरफ्तारी दिएका थिए । पलविरुद्ध ११ फागुनमा तनहुँ प्रहरी समक्ष उजुरी परेको थियो ।
उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेकोमा अघिल्लो मंगलबार उनलाई तनहुँ प्रहरीले इलाका प्रहरी कार्यालय गैडाकोट पु¥याएको थियो । उक्त प्रहरी कार्यालयमा पनि उनीविरुद्ध उजुरी परेपछि थप अनुसन्धानका लागि त्यहाँ लगिएको थियो । घटनामा जोडिएका पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि तनहुँ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । शुक्रबार दिउँसो दमौलीबाट जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार