free website hit counter

पलको खाता रोक्दै अघि बढ्यो मुद्दा

beemaadmin
२०७८ चैत्र ४, शुक्रबार

काठमाडौं । बलात्कार अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहको दुई वटा बैंक खातामा रहेको रकम रोक्का गर्न जिल्ला सरकारी वकिलको कार्यालय, नवलपुर पूर्वले अदालतसमक्ष माग गरेको छ । जिल्ला अदालत, नवलपुर पूर्वमा बिहीबार दर्ता गरिएको मुद्दाको अभियोग पत्रमा पीडितलाई क्षतिपूर्ति दिलाउने प्रयोजनका लागि शाहको बैंकमा भएको रकम कसैले निकाल्न नपाउने गरी रोक्का राख्नका लागि सम्बन्धित बैंकमा आदेश गरिदिन माग गरिएको छ । जिल्ला प्रहरी कार्यालय, नवलपुर पूर्वले माग गरेको शाहको बैंक खाता विवरण अनुसार शाहको ग्लोबल आईएमई बैंकमा १६ लाख १० हजार २९१ रुपैयाँ र एनएमबी बैंकको खातामा ४ लाख २५ हजार रुपैयाँ छ ।
‘उक्त रकम मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ को नियम (११) (५) बमोजिम कोही कसैले निकाल्न नपाउने गरी रोक्का राख्नका लागि सम्बन्धित बैंकमा आदेश गरी पाउन अनुरोध छ’ अभियोग पत्रमा भनिएको छ । शाहबाट अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिमको रकम सोही ऐनको दफा ४१ (५) अनुसार पीडित राहत कोषमा जम्मा गरी पाउने व्यवस्था गर्न पनि भनिएको छ । शाहले विवाह गर्ने प्रलोभनमा २०७७ चैत ७ र ८ गते नाबालिकामाथि जबरजस्ती करणी गरेको निष्कर्षसहित सरकारी वकिलले बिहीबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार