काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा चैत ६ गते सम्पन्न भएको छ । सम्पन्न साधारणसभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरेको छ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू पारित गरिको छ ।
चौथो वार्षिक साधारण सभाले सञ्चालक डा। बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिलप्रसाद श्रेष्ठको नियुक्ति अनुमोदन गरेको छ । साथै सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा शंकर गौतम र दिपक पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।
होटल रेडिसन काठमाडौंमा कम्पनीका अध्यक्ष डा। आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न साधारणसभा सेयरधनीहरूलाई लाभांश वितरण भने गरेको छैन ।