free website hit counter

नेपाल लाइफले दियो शेर्पाको परिवारलाई मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ चैत्र १५, मंगलवार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको असामयिक निधनपछि मृतकको परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीको चरिकोट उप शाखाले मृतक किर्ते शेर्पाको छोरा फुरे शेर्पालाई १० लाख ४० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । दाबी वापतको उक्त रकम कम्पनीका क्षेत्रिय प्रबन्धक दिवाकर बराल,पेशागत बीमा अभिकर्ता संघ, नेपालका केन्द्रीय सदस्य तथा नेपाल लाइफका एसएसएएम ओम के।सी तथा दोलखा जिल्लाका संघीय तथा पुर्व संचार मन्त्री पार्वत गुरुङ तथा भिमेश्वर नगरपालिकाका मेयर भरत बहादुर के।सीले उनको छोरालाई दिएको हो ।
मृतक बीमित किर्ते शेर्पाले बीमाङक रकम १० लाखको बीमा गरी किस्ता रु दुई लाख २६ हजार ५ सय ८० रुपैयाँ तिरेका थिए । कार्यक्रममा दोलखा जिल्लाका संघीय तथा पुर्व संचार मन्त्री पार्वत गुरुङले बीमाको माध्यमबाट देशभरका मानिसहरुको आर्थिक जोखिम हस्तान्तरण भएको छ भने हाम्रो जस्तो जिल्लामा झनै बीमाको महत्व धेरै रहेको बताएका छन् । साथै, उनले सबैले आफ्नो आम्दानी अनुसार सबैले बीमा गर्नुपर्ने बताए । कार्यक्रममा स्थानीय जनप्रतिनीधिहरु, बीमितका आफ्नताहरु, कम्पनीका कर्मचारीहरु तथा अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार