free website hit counter

जीवन बीमाको बजार बढ्दो, आठ महिनामा उठ्यो ९२ अर्ब बीमा शुल्क

beemaadmin
२०७८ चैत्र २१, सोमबार

काठमाडांै । २६/२७ प्रतिशत जनसंख्या मात्रै बीमाको दायराभित्र समेटिएको छ । बीमा बजार विस्तारको अपार सम्भावना बाँकी नै छ । शहर केन्द्रीत बीमा कम्पनीहरुलाई दूरदराजमा पु¥याउने अभियान जारी नै छ । यस्तो बवस्थामा पनि जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष साउनदेखि फागुनसम्मको ८ महिनाको मा ९२ अर्ब २० करोड ३९ लाख रूपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२ दशमलब १७ प्रतिशत धेरै हो। गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरूले कुल ८२ अर्ब २० करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका थिए। विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का बाबजुद पनि अधिकाँश जीवन बीमा कम्पनीहरुले उल्लेख्य बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । १९ वटा जीवन बीमा कम्पनीहरु मध्ये सबैले बीमा शुल्क बढाउँदा गुराँस लाइफ इन्स्योरेन्सको व्यवसाय भने खस्किएको छ ।व्यवसाय विस्तारमा नयाँ कम्पनीहरु आक्रमक बन्दै, नेपाल लाइफको अग्रता भने कायमै
जीवन बीमा अन्तर्गत नेपाल लाइफले आफ्नो अग्रतालाई कायम राख्दै एक्लैले २३ अर्ब ९३ करोड रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ। यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २५.९५ प्रतिशत हो। गत आर्थिक वर्षको फागुनसम्ममा कम्पनीले २२ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। नेपाल लाइफले कुल बीमाशुल्क आर्जनमा आफ्नो अग्रता कायमै राख्दा नयाँ जीवन बीमा कम्पनीहरुले भने आक्रमक व्यवसाय विस्तार गरेका छन्।
सबैभन्दा धेरै बीमाशुल्क बढाउनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। यस अवधिमा सन नेपाल लाइफको बीमाशुल्क ९३।२० प्रतिशतले बढेर २ अर्ब ७२ करोड ४१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ४१ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो। सिटिजन लाइफको कुल बीमाशुल्क पनि ६८.२० प्रतिशतलले बढेर ३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। यस्तै महालक्ष्मी लाइफ, रिलायवल नेपाल लाइफ, प्रभु लाइफ र आइएमई लाइफले बीमा शुल्क ३० प्रतिशत भन्दा धेरैले बढाएका छन्। सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने मेट लाइफ इन्स्योरेन्स रहेको छ। मेट लाइफको बीमाशुल्क यस अवधिमा १.७९ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। यो जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कको ३.८७ प्रतिशत मात्रै हो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार