free website hit counter

सिभिल बैंकले हेल्भेटास स्वीस ईन्टरकर्पोरेसनसँग सहकार्य गर्ने

beemaadmin
२०७६ मंसिर १४, शनिबार

काठमाडौं । सिभिल बैंकले हेल्भेटास स्वीस ईन्टरकर्पोरेसनसँग सहकार्य गर्ने भएको छ । कृषि व्यवसायलाई आधुनिकिकरण गर्न यस्तो सम्झौता गर्न लागेको बैंकले जनाएको छ । सिभिल बैंक र हेल्भेटास स्वीस इन्टरकर्पोरेशन नेपालको सहकार्यमा प्रदेश नं.२ र कर्णाली प्रदेशभित्र वित्तिय पहँुच नपुगेका स्थानीय निकायहरुमा वित्तीय पहुँच पु¥याउनुका साथै शीप प्रवद्र्धन, व्यावसायिक कृषि तथा उत्पादनमुलक तालिम प्रदान गरी उक्त क्षेत्रको कृषि व्यवसायलाई आधुनिकिकरण तथा वजारीकरण गर्ने विषयमा सम्झौता भएको जनाइएको छ ।

सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र हेल्भेटास स्वीस ईन्टरकर्पोरेसन नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. भरत कुमार पोखरेलले हस्ताक्षर गरे ।उक्त सम्झौता अनुसार हेल्भेटास स्वीस ईन्टरकर्पोरेसन नेपालले प्रदेश नं. २ र कर्णाली प्रदेशभित्रका स्थानीय कृषकहरुलाई प्राविधिक तालिम प्रदान गर्नुका साथै कृषि वजारलाई व्यवस्थित गर्न कार्य गर्ने जनाएको छ ।

कार्यक्रममा बोल्दै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले यो सम्झौताले बैकिङ्ग सेवाबाट बञ्चित रहेका उक्त क्षेत्रका स्थानीयलाई बैकिंङ्ग सेवा मार्फत बचत गर्ने बानीको विकास गर्ने तथा स्थानिय स्तरमा नै केहि गर्ने सोच सहित व्यवसायमा संलग्न हुने स्थानीयलाई सहज रुपमा कर्जा उपलब्ध गराई त्यस क्षेत्रको आर्थिक विकास गर्न महत्वपुर्ण भुमिका खेल्ने बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार