दमक। जीवन बीमा व्यवसायको विस्तारसँगै दाबी भुक्तानी प्रक्रिया चुस्त दुरुस्त हुनेक्रम बढेको छ । एशियन लाइफ इन्स्योरेन्सको घर दैलो मृत्यु दाबी भुक्तानी कार्यक्रमअन्तर्गत मोरङको पथरी शनिश्चरे ७ मा स्वर्गीय विष्णुकुमारी राई लिम्बुको निवासमा पुगेर १७ लाख ५८ हजार ७सय उनान्नब्बे रूपैंयाको मृत्यु दाबी हस्तान्तरण गरेको छ । स्वर्गीय विष्णु कुमारीले २०७५ साल कार्तिक ३० गते एशियन लाइफ इन्स्योरेन्समा १५ लाख रुपैयाँ बीमांकको २० वर्षे जीवन संजीवनी बीमालेख खरिद गरेकाी थिइन् । बीमा चालू रहेकै अवस्थामा हृदयघातबाट २०७८ साल माघ २८ गते उनको स्वर्गरोहण भएको थियो। बीमितले कूल चार पटक वार्षिक किस्ता रकम भुक्तानी गरेका थिए। उक्त बीमांक वापतको १५ लाख र बोनस वापतको २ लाख ५८हजार ७ सय उनान्नब्बे रुपैयाँ समेत बीमितको छोरी नबिना सुब्बालाई शुक्रबार वडा नम्बर ७ का वडा अध्यक्ष कपिलमणी ढकाल र कम्पनीका सहायक क्षेत्रिय प्रमुख शान्तिराम निरौलाले संयुक्तरूपमा चेक हस्तान्तरण गरेका हुन् । एशियन लाइफको पथरी उपशाखा कार्यालय प्रमुख रमेश प्रधानले सञ्चालन गरेको दाबी भुक्तानी तथा श्रद्धाञ्जली कार्यक्रममा एशियन लाईफका अभिकर्ता, स्थानीय बासिन्दा र संघ संस्थाका प्रतिनिको उपस्थिति रहेको थियो ।