काठमाडौं । आफ्नो कम्पनीका बीमितको मृत्युपछि रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको फपिङ उपशाखाले उक्त बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । ४२ वर्षिय राम श्रेष्ठले २ वर्ष अघि ३ लाखको मेरो मुटु बाल जिवन बीमा योजना लिएका थिए । उनको केही समय अघि अकस्मात मृत्यु भएको थियो, त्यस बापत अहिले उनको धर्मपत्नि सम्झना श्रेष्ठ ले तुरन्तै ३ लाख र हरेक महिना ३ हजारको दरले बीमा अबधि समाप्तिसम्म उनको छोरी श्रृष्टी श्रेष्ठले प्राप्त गर्नेछ र अबधि समाप्त भए पश्चात ३ लाख र बोनस फेरी प्राप्त गर्नेछ। कम्पनीका क्षेत्रिय प्रबन्धक रामेश्वर श्रेष्ठले चेक हस्तान्तरण गरेको थियो। निबर्तमान शाखा प्रमुख रोशनी बलामी लगायत स्थानियहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो।