काठमाडौं । अग्रणी निर्जिवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले ७७ हजार कित्ता माथिको सर्वसाधारण समूहको संस्थापक सेयर लिलामी गर्ने भएको छ । कम्पनीले यहीँ बैशाख १९ गतेदेखि २६ गतेसम्म कुल ७७ हजार ७२०।८८ कित्ता सेयर बिक्री गर्ने भएको हो । इच्छुक लगानीकर्ताले न्यूनतम १०० रूपैयाँलाई आधार मानेर सोभन्दा बढी भाउमा बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् । सेयर खरिद आवेदनका लागि अन्तिम म्याद वैशाख २६ गतेसम्म तोकिएको छ । यसअघि कम्पनीले गत चैत १ गतेदेखि चैत २१ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकताअनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।