free website hit counter

एटीएम ह्याक गरी करोडौं झिक्ने पाँच चिनियाँ पक्राउ

beemaadmin
२०७६ भाद्र १५, आईतवार

काठमाडौं । प्रविधिको विकाससँगै अपराधको पनि सँगसँगै विकास भएको छ । नेपाली एटिएमबाट चिनियाँहरुले पैसा झिक्ने गरेको घटना अब नौलो रहेन । पर्यटकको भेषमा आएका चिनियाँहरुले यस्ता हर्कत पटक पटक गरिसकेका छन् ।
चिनियाँ ह्याकरहरुले नेपाली बैंकहरुको प्रणाली ह्याक गरी ग्राहकको गोप्य नम्बर प्रयोग गरेर एटिएमबाट फेरि ठूलो रकम निकालेका छन् । यसमा संलग्न पाँच चिनियाँ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा चिनिया नागरिकहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरिएको जानकारी महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले गराए ।
शुरुमा एटिएमबाट पैसा निकाल्दै गर्दा एक जना पक्राउ परेकोमा उर्सैको बयानका आधामार थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ परेका हुन् ।
उनीहरुसँग प्रहरीले एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ । प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर पक्राउबारे जानकारी दिने बताएको छ ।
११ बाणिज्य बैंकको लगानी रहेको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को भुक्तानी प्रणालीलाई समेत चिनियाँ गिरोहले ह्याक गरेको बताईएको छ । यसबाट कम्तिमा ६ वटा बैंकको प्रणालीमा क्षति पुगेको बताइन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार