free website hit counter

प्रधानमन्त्री र मन्त्रीको खटपटले उदयपुर सिमेन्ट आठ महिनादेखि नेतृत्वविहीन

beemaadmin
२०७६ मंसिर १५, आईतवार

काठमाडौं । उदयपुर सिमेन्ट कारखानाको महाप्रबन्धकका लागि तारानाथ पौडेल (सुनसरी), रामाधीन यादव (सिराहा), रामबाबु साह (सिराहा) लाई मिति २०७६ वैशाख ८ गते नै तत्कालिन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले प्रस्ताव लगेको भए पनि प्रधानमन्त्री र मन्त्रीबीचको खटपटले गर्दा सो प्रस्ताव अझै निर्णयमा पुग्न सकेको छैन ।

प्रधानमन्त्रीको रुचि अनुसारका व्यक्तिको सिफारिश नगरिएको हुँदा उदयपुर सिमेन्टको महाप्रबन्धक नियुक्ति सम्बन्धी प्रस्ताव मन्त्री परिषद्मा थन्किएको मन्त्रिपरिषद् सचिवालय स्रोतले बतायो । गत वैशाखमै लगिएको उक्त प्रस्तावमा निर्णय गराउन न त मन्त्रिले अग्रसरता देखाए नत प्रधानमन्त्रीले नै उनको कार्यकालमा फिर्ता पठाउन निर्देशन नै दिन सके ।

मन्त्रालय स्रोतकाअनुसार, मन्त्री र प्रधानमन्त्रीबीचको खटपटले गर्दा देशकै ठूलो सरकारी सिमेन्ट उद्योगले नेतृत्व पाउन सकेको छैन । निमित्तका भरमा उद्योग सञ्चालन भइरहेको छ । उदयपुर सिमेन्टका तत्कालिन महाप्रबन्धक सुरेन्द्र पौडेल नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएपछि उदयपुर सिमेन्ट कारखाना महाप्रबन्धक विहीन बन्न पुगेको थियो ।

पौडेलको निगममा नियुक्ति पछि रिक्त महाप्रबन्धकका लागि मन्त्रालयले सार्वजनिक रुपमा विज्ञापन आह्वान गरेको थियो । खुला प्रतिस्पर्धाबाट मन्त्रालयले तीन जनाको नाम छनोट गरी मन्त्रि हुँदै मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको भए पनि आठ महिनादेखि उक्त प्रस्ताव मन्त्रिपरिषद्मै थन्किएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार