free website hit counter

३० प्रतिशत हकप्रद जारी गर्दै जनरल इन्स्योरेन्स

beemaadmin
२०७९ जेष्ठ ६, शुक्रबार

काठमाडौं । बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धिको चटारो शुरु भएको छ । जनरल इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले हाल विद्यमान पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशनको माग गर्दै बीमा समिति समक्ष प्रस्ताव पेश गरेको छ । कम्पनीले तत्काल मर्जरमा जाने भन्दा पनि अहिलेलाई ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेर पूँजी थप गर्ने योजना बनाएको छ । कम्पनी सँग हाल एक अर्ब रुपैयाँ मात्रै पूँजी छ । यहि पूँजीमा अन्य कम्पनी सँग मर्ज गर्दा हिस्सा गुम्ने तथा वार्गेनिकङ पावर कम हुने भए पछि कम्पनीले पहिला थोरै हकप्रद शेयर निष्काशन गर्ने सोच बनाएको हो । अहिले प्रस्ताव गरिएको हकप्रद शेयर निष्काशन गर्न पायो भने कम्पनीको चुक्ता पूँजी एक अर्ब ३० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको जगेडा कोषमा १६ करोड रुपैयाँ हाराहारी मात्रै रहेको छ । हकप्रद शेयर निष्काशन पछि नविकेको हकप्रद शेयर बोलकबोल मार्फत बिक्री गर्दा कम्पनीको जगेडा कोषमा केहि रकम थपिन्छ । त्यतिन्जेलमा कम्पनीले २० करोड रुपैयाँ बोनस शेयर दिएर एक अर्ब ५० करोड रुपैयाँ जुटाउन सक्ने देखिन्छ । त्यस पछि पनि कम्पनीलाई एक अर्ब पुग्दैन ।

सम्बन्धित समाचार