free website hit counter

घुम्ती बीमा आजको आवश्यकता

beemaadmin
२०७९ जेष्ठ ७, शनिबार

जीवन बीमामा बजार बिस्तार गर्ने प्रमुख भूमिका अभिकर्ताको हुन्छ । बीमकको उत्पादनलाई शहर, गाउँ, कुना काप्चासम्म पहुँच पु¥याउने अभिकर्ता हुन भने अभिकर्ताले नै घुम्ति बीमाको रुप लिएको हुन्छ भने निर्जीवन बीमामा यस्तो बिरलै पाइन्छ । निर्जीवन बीमामा अभिकर्ताको आकर्षण निकै कम छ । बीमा कम्पनिका बजार व्यवस्थापकहरु आफै बजार खोज्दछन् र यस्तो क्षेत्र निश्चित र शहर केन्द्रित बढी हुन्छ । नेपालको अधिकांश क्षेत्र बीमाको पहुँच बाहिर छन् त्यसलाई बीमाको दायराभित्र ल्याउनलाई घुम्ति बीमा अपरीहार्य छ । घुम्ती बिमाबारे बीमा समितिबाट निर्देशिका समेत जारी भइसकेको छ । यसलाई सरोकारवालाहरुले कुनै न कुनै तरिकाले देका कुनाकुनामा गई साक्षात्कार जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेर ग्राहकको प्रत्यक्ष सम्पर्कमा पुग्न सकेमा सबै वर्गको ग्राहक बीमा सेवाबाट लाभान्वित हुने निश्चित प्राय छ । यसले गर्दा घर, सम्पत्ति, कृषि तथा पशुपंक्षी, स्वास्थ्य लगायत विविध प्रकारको बीमाको दायरा फराकिलो हुने निश्चितप्राय छ । बीमक र बीमितको प्रत्यक्ष सम्पर्कले गर्दा विश्वासको वातावरण बढ्न गई चेतनाको विस्तार र बीमाको आवश्यकता ग्राहकले महसुस गर्नेछन् । जब आवश्यकता महसुस हुन्छ तब बजार विस्तार भई नै हाल्छ ।
उपरोक्त विविध कारणले गर्दा घुम्ती बिमा राज्यको आवश्यकता नै भइसकेको छ ।

बीमा सेवक

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार