free website hit counter

नेको इन्स्योरेन्स २७औं वर्षमा

beemaadmin
२०७९ जेष्ठ १७, मंगलवार

काठमाडौं । बीमा कम्पनीहरुको माझामा आफ्नो उपस्थितिलाई गर्विलो रुपमा प्रस्तुत गरेको नेको इन्स्योरेन्स कम्पनी आफ्नो गौरवमय २६वर्ष पुरा गरी २७औं वर्षमा प्रवेश गरेको छ । २०५३ साल जेठ १७ गतेबाट औपचारिक रुपमा बीमा सेवा सुरु गरेको नेको इन्स्योरेन्स कम्पनी २७औं वर्षमा प्रवेश गरेको हो । नेको इन्स्योरेन्स कम्पनीले २७ औं बार्षिकोत्सवको अवसरमा बीमा सेवालाई अझै सरल, प्रविधिमैत्री, छरितो र दावी भुक्तानीमा जोड दिने जनाएको छ । बीमा सेवालाई भरपर्दो र विश्वसनीय बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले २७औं बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै बीमालाई आम जनताको दैनिकीसँग प्रत्यक्ष जोडेर अघि बढ्ने प्रतिबद्धता जनाएकोछ । नेको इन्स्योरेन्स कम्पनीका अध्यक्ष रोहित कुमार भट्टराईले आजसम्म योगदान पुर्याउने सबै बीमासेवाग्राही, कर्मचारी, नियामक निकायलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । साथै अध्यक्ष भट्टराईले कम्पनीलाई अझै उत्कृष्ट बनाउने, सर्वसाधारणको विश्वसनीय बीमा सेवा प्रवाह गर्ने कम्पनीको रुपमा कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
२०५३ सालमा प्रमोटर शेयरलगानीकर्ताको तीन करोडबाट सुरु भएको कम्पनीको चुक्ता पुँजि चालु आवको तेस्रो त्रैमासम्म आईपुग्दा एक अर्ब ५२ करोड १६ लाख ३४ हजार रुपैयाँ छ । २०५१ सालमा कम्पनी दर्ता गरी दुई वर्षपछि बीमा समितिबाट अनुमति पाएको नेको इन्स्योरेन्समा कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक तथा नेपालका ठूलो व्यवसायिक घराना उपेन्द्र महतो समुहको लगानी छ । २६ वर्षको यात्राको दौरानमा नेपाली बीमा क्षेत्रमा एक सफल, समक्ष, अब्बल र बीमितहरुलाई छरितो दावी भुक्तानी गरी देशकै नेतृत्वदायी बीमा कम्पनीको पहिचान बनाउन सफल नेको इन्स्योरेन्सको आगामी यात्रा झनै उज्वल छ । नेको इन्स्योरेन्सका सिईओ अशोक कुमार खड्कासहितको डेपुटी सिईओ गणेश कुमार लम्साल, चिफ बिजनेश अफिसरको रुपमा विशाल कुमार थापा, चिफ कर्पोरेट अफिसर गोकर्ण दुवाडी, कानुन विभाग प्रमुखमा विष्णु प्रसाद धिताल लगायतका टिम कार्यरत रहेको छ । नेको इन्स्योरेन्स कम्पनी यसै वर्षदेखि काठमाडौंको ज्ञानेश्वरमा नव निर्मित आफ्नै ‘बीमा भवन’बाट बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार