free website hit counter

बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

beemaadmin
२०७९ जेष्ठ २३, सोमबार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मुख्य मार्केटिङ बिभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाट अन्तर्गत अभिकर्ताहरुलाई चितवनको सौराहामा उक्त कार्यक्रमको आयोजना सम्पन्न गरीएको थियो भने लमजुङ शाखा कार्यलयमा पनि उक्त खाले कार्यक्रम आयोजना गरिएको थियो ।
जनमानसमा बिमाको महत्व, बिमा दाबि भुक्तानी लगायतका महत्वपूर्ण प्रशिक्षण कम्पनीका महाप्रबन्धक कमलराज गौतमद्वारा प्रदान गरीएको थियो साथै उत्कृष्ट अभियन्ताहरुलाई सम्मान समेत गरिएको थियो । देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्न गइरहेको छ ।

सम्बन्धित समाचार